

काठमाडौं । नेपालमा दुईतिहाई बहुमतको सरकार रहेको छ । प्रम ओलीको दम्भी स्वभाव परिवर्तन भएन र अज्ञानताका आँखा खुलेनन् । स्वयम् उनी बसेको प्रम निवास बालुवाटार परिसरसँगैको १४ रोपनी सरकारी जग्गा अझै भूमाफियाको व्यक्तिगत लालपूर्जामा छ । प्रम निवास रहेको यो जग्गाको मूल्य दुई अर्ब रुपैयाँसम्मको अनुमान गरिएको छ ।
उधुम मच्चिएपछि बालुवाटारको जग्गा छानबिन गर्न सरकारले पूर्व सचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गठित छानबिन समितिले दुईजना भूमाफिया शोभाकान्त ढकाल र अधिवक्ता राम सुवेदीको करामत रहेको देखाएको छ । नेकपाका महासचिव विष्णु पौडेल भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलगायतका मानिसहरु सबैभन्दा बढी लाभान्वित हुने व्यक्तिमा परेका छन् ।
छानबिन समितिमा रहेका एक जना सदस्य भन्छन्– “सरकारी कार्यालय अब भागाभागको अवस्थामा छन् ।” इतिहास कोट्याउँदा २०१८ सालमा ललिता निवासको नाममा रहेको कांग्रेस नेता सुवर्णशमशेर परिवारको यो जग्गा ललिता निवासको नाममा रहेको थियो । २०१८ सालमा बालुवाटारमा रहेको यो २९९ रोपनी जग्गामध्ये सुवर्णशमशेरको भागमा आउने १४ रोपनी राजद्रोहको अभियोगमा जफ्त गरी बाँकी सबै सरकारले अधीग्रहण गरेको थियो ।
२०४७ सालमा शमशेर परिवारले उक्त जफ्त गरिएको जग्गा फिर्ता गर्न तात्कालीन कृष्णप्रसाद भट्टराईको सरकारसँग माग गरेका थिए । मालपोत कार्यालयको निर्णय अनुसार १ सय १३ रोपनी जग्गा सुवर्णशमशेरका हकवालाको नाममा सारेको देखिए पनि नामसारी खडा गरिएको मिसिलको सक्कल नै दलालहरुबाट गायब पारिएको छ । यही गायब पारिने प्र्रक्रियासँगै प्रधानमन्त्री निवास बालुवाटार पनि व्यक्तिको लालापूर्जाभित्र पर्न गएको छ ।
हालसम्मका प्रजातान्त्रिक भनिने र गणतान्त्रिक कहलाउने कुनै पनि सरकार वा सरकारी निकायबाट कुनै प्रजातान्त्रिक वा गणतान्त्रिक भवन, स्मारक वा सरकारी निवास वा भवनहरु बने/बनाइएका छैनन् । राणा र शाहकालीन दरवारमा रजाइँ गरेका उनीहरु बरु ‘मेरो सरकार’को संबोधनमा पुगेका छन् ।
विदेशीका लगानी, आशिर्वाद र योजनामा बने/बनाइएको कथित वामसरकार अहिले जनताबाट पनि नांगिन र एक्लिन पुगेको छ ।