बुटवल । गुरुङ भाषा र खेमा लिपी जोगाउंने प्रतिवद्धता जनाउंदैं दाङको भालुवाङमा तमु गुरुङ भाषा–गोष्ठी एवं खेमा लिपी प्रशिक्षण सकिएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय संरक्षण समितिका सभापति माया गुरुङले बैशाख १५ गते उद्घाटन गर्नुभएको तीन दिने प्रदेश स्तरीय प्रशिक्षण आज सकिएको हो ।

हार्दिक शुभकामना !

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् प्रदेश ५, बुटवलको आयोजना र सामाजिक विकास मन्त्रालय प्रदेश ५ को सह–आयोजना र सहयोगमा प्रशिक्षण आयोजना गरिएको हो । सामाजिक विकास मन्त्रालय–बुटवल शाखा अधिकृत विष्णु  पन्थीले प्रशिक्षणमा सहभागिलाई प्रमाणपत्र वितरण गदैं प्रदेश सरकार सबै जात–जातिका भाषा–संस्कृति संरक्षण गर्ने गरि अगाडि बढेको बताए । उनले भाषा जोगाउंन स्वयम गुरुङ समुदाय पनि लाग्नुपर्नेमा जोड दिए ।

परिषद्का प्रदेश अध्यक्ष खुमबहादुर गुरुङको अध्यक्षता,सचिव एलबि गुरुङको सञ्चालन तथा प्रदेश उपाध्यक्ष धनबहादुर गुरुङको स्वागतमा भएको समापन कार्यक्रममा खेमा लिपी निर्माता बालनरसिंह गुरुङ, भाषाविद् ठाकुरजंग गुरुङ,परिषद्का पूर्व केन्द्रीय सचिव भीम गुरुङ,विष्णु गुरुङ लगायतले बोलेका थिए ।

रुपन्देहीबाट १० जनासहित प्रदेश ५ का १२ जिल्लाबाट १ सय ५ जना सहभागी प्रशिक्षणमा गुरुङ भाषाका अभियान्ताहरु बालनरसिंह गुरुङ, ठाकुरजंग गुरुङ र भीम गुरुङले सहजीकरण गरेका थिए । गुरुङ भाषा तथा खेमा लिपी लोपहुंदैं जांदा गुरुङ समुदायका अगुवाहरु तथा गुरुङ समुदायको संस्था तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् भाषा जोगाउने अभियानमा लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर