फेरि द्वन्द्वमा श्रीलंका : उच्च सुरक्षा अधिकारीद्वारा राजीनामा

फेरि द्वन्द्वमा श्रीलंका : उच्च सुरक्षा अधिकारीद्वारा राजीनामा

काठमाडौं । लामो समयसम्म आन्तरिक गृहयुद्धमा फसेको श्रीलंका फेरि भिन्नखाले द्वन्द्वको चपेटामा परेको छ । पहिलेको द्वन्द्व घरेलु थियो भने पछिल्लो द्वन्द्व भने अन्तर्राष्ट्रिय प्रकृतिको छ । श्रीलंकामा भएको विनाशकारी बिस्फोटनका घटनामा दोषी ठहर गर्दै राजीनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजीनामा दिएका छन् ।आत्मघाती हमलामा परी झण्डै ३६० जनाको मृत्यु भएको छ भने घाइतेहरुको संख्या निकै बढी छ ।

त्यसमा पनि गम्भीर घाइतेहरुको अवस्थाले स्थिति गम्भीर बनाएका छन् । श्रृंखलाबद्ध रुपमा भएका घटनाहरुलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको भनी राष्ट्रपतिले उच्च अधिकारीहरुको राजीनामा माग गरेका थिए । उक्त राजीनामा निकै चर्को दबाबपछि मात्र आएको अन्य अधिकारी बताउँछन् ।घटना लगत्तै जनताको निकै चर्को दबबाब आएकाले राष्ट्रपति सिरिसेना तनावमा थिए ।

उनले सुरक्षाको जिम्मा लिन नसकेका उच्चपदस्थ सुरक्षाकर्मीहरुलाई बर्खास्त गरिने पनि बताएका थिए । बर्खास्त गर्ने निर्णय भएकाले तत्काल पदबाट राजिनामा दिन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले केही उच्च सुरक्षा अधिकारीहरूलाई यसअघि नै निर्देशन पनि गरिसकेका थिए ।निर्देशनको पालना गर्दै सैन्य कर्मचारीतन्त्रका अति वरिष्ठ सरकारी अधिकारी हेमासिरि फेर्नान्डोले राष्ट्रपति सिरिसेनालाई राजीनामा पठाएका छन् ।

राजीनामा पत्रमा हेमासिरिले ती श्रृंखलाबद्ध घटना नियन्त्रणमा लिन र उचित सुरक्षा दिन आफू असक्षम रहेको पनि बतााएका छन् । स्रोतका अनुसार उच्च तहका केही अन्य अधिकारी पनि राजिनामाको तयारीमा लागिरहेका छन् ।३६० जनाको ज्यान जाने गरी भएको आक्रमणसँग सम्बन्धित सन्दिग्ध स्थानहरूमा छापा मार्ने काम पनि गरिएको बताइएको छ ।

आक्रमणका ‘नाइके’ ठानिएका चरमपन्थी धर्मगुरु जाहरान हाशिमको गृहनगरमा सबै तयारी गरिएको भन्दै त्त्यहाँबाट आइएसको झण्डा, १५० थान जिलेटिन, हजारौँ स्टिलका गेडी र एउटा ड्रोन क्यामरा बरामद गरेको सेनाको प्रवक्तालाई उदृत गर्दै बताइएको थियो