काठमाडौं । रुपन्देहीको भैरहवामा आज मुस्लिम राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले उद्घाटन गरेका थिए । भेलाले सतार अन्सारी (मकवानपुर)को संयोजकत्वमा १७ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ । उक्त कमिटिका सदस्यहरुमा अब्दुल सलाम (काठमाडौं), टिपु सुल्तान (रुपन्देही), निजामुद्दिन शाह(पर्सा), मोजीब अली (रुपन्देही), डा.इबारत अली (कपिलवस्तु), अब्दुल अली शाह(बर्दिया), रहमत अली दर्जी (कपिलवस्तु), सफिउल्लाह मुसलमान (कपिलवस्तु), हबिब खान (बर्दिया) लगायत रहेका छन् ।
भेलामा प्रमुख अतिथि अध्यक्ष गजुरेल, मोर्चाका ५ नं. प्रदेशका अध्यक्ष केवी गुरुङ, नेकपा (क्रान्तिकारी माओवादी) रुपन्देहीका इन्चार्ज पिताम्बर आचार्य, पूर्व मन्त्री प्रकाश चित्रकार लगायतले भेला सफलताको शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।
निजामुद्दिन शाहको अध्यक्षतामा सम्पन्न सम्मेलनको सञ्चालन मुजीब अलीले गरेका थिए भने स्वागत मन्तव्य टिपु सुल्तानले दिएका थिए । लुम्बिनी निर्माण व्यवसायी समितिको हलमा सम्पन्न भेला उद्घाटन र बन्द सत्र गरी दुई सत्रमा सम्पन्न भएको थियो । भेलाले तीन महिनाभित्र सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।