नेपालमा पुँजीवादको विकास भा’ छ । किन भा’छैन ? एकदम जब्बर रूपले पुँजीवादको विकास भा’छ । केही केही मनुवाले नेपालमा पुँजीवादको विकास भा’छैन भनेर भन्चन् । त्यो विल्कुल वाइह्यात कुरो हो । एकथरी कम्निसहर्ले पुँजीवादको विकास भा’छैन, सामन्तवादका हाडखोर अझै ज्युँदै छन् भनेर करान्ती गर्न पर्च भनेर लागेकै छन् । करान्ती पूरा भा’छैन भन्चन् । यता दुइटा अजङ्गका साँढे कम्निस मिलेर यौटै डाइनोसर कम्निस पाटी भा’छन् । त्यै डाइनोसर कम्निस पाटीले दुईत्याईको सरखार चला’को छ । उसले पुँजीवाद आयो अब समाजवादका लागि अगाडि बढ्न पर्च भनेको छ । यसरी एकाथरी कम्निसले पुँजीवाद त आएकै छैन बरु सामन्तवादका हाडखोर बाँकी रहेकाले तिनले टाउको उठाउन खोज्दैछन् भनेर भनेका छन् । जन्ता जनार्दन्लाई परेको छ औठेरो । पुँजीवाद आएको कुरो पत्याउनु कि आ’छैन भन्ने कुरो पत्याउनु ।
यो पुँजीवाद, सामन्तवाद, समाजवाद आदि केके जाति वादैवादको व्याख्या कम्निसहर्ले गर्चन् । कुनै कम्निसले सत्ता चलाएर डकार्दै बसेका छन् । अर्काथरी कम्निस सडकमा हिँडेका छन् । कुनै कुनै नेता मात्रै भएका कम्निसहर्ले के गर्नी कसो गर्नी भनेर भौँतारिएका छन् । पुराना सिंह कम्निसले आफ्नी परम प्रिय प्यारीलाई मन्तरी बनाउन बाल्वाटार र खुमल्टारको दैलो चाहार्न ठिक्कै छ । एकथरी कम्निसलाई सरकारी डाइनोसरले खर्लप्पै निलेर सिध्याउने भन्दै पर्तिबन्ध लाएर लखेटेको छ । यस्तो छ नेपालमा कम्निसहर्को चालामाला ।
ऐलेको नेपाल मण्डलको विकासे अवस्था हेर्दा यो कैलुब्राह पनि पुँजीवाद त आएकै हो भन्ने कुरोमा सहमत भएको छ । सरखारी डाइनोसर कम्निसले भनेको कुरोमा कन्भिन्स भएको छ । अव शास्तरमा लेखेको कम्निस सिद्धान्तको रटना लाउने पक्षमा छैन । पुँजीवाद, समाजवाद, सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद आदि इत्यादि अनेकौँ जातिका पुराना वाद समाएर सडक गल्लीमा भौँतारिने पक्षमा छैन । अब मार्कसवाद लेनिनवाद र माउवादको फेरो समाउने जमाना गयो । एक्काइसौँ शताब्दीमा यी वाद पनि नयाँ नयाँ भएर आउँचन् । समयले पर्किती बदल्च, मनुखेलाई वदल्च भने जावो वादलाई नवदल्ने भन्ने कुरै हुँदैन । हाम्लाई टाइम टाइममा सरखार वदल्न, नीति नियम बनाउन, सरखारी निर्णय गर्न, नियाँ निसाफ चलाउन, सम्बिधान बनाउन र राजनीति गर्न समेत सिकाउने हाम्रा दातामाता, प्रभुहर्लाई हाम्ले साम्राज्यवाद, विस्तारवाद भनेर शत्रु बनाउन पनि त भएन नि । अब ती सबै हटिसक्यो । अब त पुँजीवाद आयो पुँजीवाद । अब सिधै समाजवादमा जाने कुरो पो छ त गाँठे ।
पुँजीवादमा पुँजीको विकास हुन्च । धनपैसो पर्सस्तै हुनु भनेको पुँजीवाद आएको पर्मान हो । आर्को कुरो पुँजीवादमा उद्योगधन्दा, बन्दब्यापारको निकै विकास हुन्च । आपूmसित भएको जिनिस विक्री गर्नी र आपूmलाई चाइएको जिनिस खरिद गर्नी भनेको पुँजीवाद हो । पुँजीवादमा नीजि पुँजीको विकास हुन्च । नीजि पुँजी पर्सस्तै भएकाले चुनाऊमा लाखौँ करोडौ खर्च गर्न सक्ने हैसियत भएको छ । यो पाला वडादेखि केन्द्रको सांसदसम्म चुनाउमा उठेर जितेका जति सबैले लाख करोड खर्च गरेर जितेका छन् । पाटीलाई सहयोग गरेका समानुपातिकमा परेकाहर्ले पनि पाटीबाट टिकेस पाउन पाटीलाई लाखौ भेटी भढाएका छन् । पुँजीवादको विकास नभा’को भे यो खर्च कसरी सम्भव हुन्थ्यो ? नेताहरू सानोतिनो रुघाखोकी लागे पनि उपचार गर्न विदेश जानचन् । यो पुँजीको विकास भएरै हो ।
उद्योगधन्दा पनि धेरै विकास भएकोछ । नीजि अस्पतालहरू धमाधम विकास भैरहेका छन् । त्यस्तै नीजि स्कुलहरू पनि खुलेका खुल्यै छन् । सरकारी स्कुल र अस्पतालहरू दुब्लाउँदै गएर सुकेनास रोगले ग्रस्त भएका छन् । पुँजीवादमा राष्ट्रिय पुँजीपतिहर्लाई उद्योग व्यापार खोल्ने पर्सस्त अधिार हुन्च । सरकारले त्यसको ग्यारेण्टी गर्च । स्कुल अस्पताल खोल्ने जति सबै राष्ट्रिय पुँजीपति त हुन् । त्यस्तै अहिले नेपाल मण्डलमा सबै भन्दा बढि फस्टाएको ब्यापार भनेको मनुखेका टाउका र फखुराहर्को हो । म्यानपाओर कम्पनी कति धेरै छन् । अरू देशले मनुखेलाई आवश्यक पर्ने जिनिसका उद्योग खोल्चन् । नेपाल मण्डलमा त मनुखे नै धेरै उत्पादन भएकाले मनुखेकै ब्यापार हुन्च । अर्को ब्यापार भनेको घरघडेरी र जग्गा जमीनको कारोबार हो । यसको ब्यापार पनि उद्येगकै रूपमा भएको छ । सरखारी जग्गा समेत नीजि बनाएर बिक्रीबट्टो गर्ने काम कम्ता ठूलो विकास हो ? यसमा हाम्रा मालपोत, नापी, भुमीसुधारका कर्मचारहर्को कत्रो योगदान छ । संसारमा यस्तो अन्त कहीँ पनि भा’छैन । यसलाई बहुराष्टिङय कम्पनीमा लगेर हाम्रा जग्गा जमीनका कारोबारीहरू र कर्मचारीहरूलाई संसार भरी पैmलाउने हो भने यो उद्योग संसारमै ठूलो हुन्च । हामीले मालपोत, नापी र भूमिसुधारका कर्मचारीहरूलाई संसारभरी पठाउन सक्चौँ ।
उद्योग ब्यापार गर्नेी मानुखे नपाएर ऐले हाम्रा पालिकाका प्रमुखहरू वाडाधिसहरूले समेत डोजर किनेर लाइसन बनाएर ठोक्का पट्टा लिएर धमाधम देशको विकास गरिरहेका छन् । विदेशबाट आएको रेमिट्यान्सको पैसाले घर घडेरी किनेर धमाधम पक्की घर निर्माण भैरहेका छन् । जताततै ढलानवाल घरहरू बनिरहेका छन् । सामन्तवादमा बनकस र खरले छाएका, ढुङ्गा माटोले बनेका दुइपाखे घर हुन्थे ।ऐले गाउँ सहर बजार जताततै सिमेन्टीले बनेका ढलान घरको विकास भा’छ । यही त हो पुँजीवादको विकास ।
पुँजवादको आर्को विशेष्ता भनेको काण्डहरूको विकास पनि हो । ऐले काण्डै काण्डका महाकाण्डहरूको विकास भएको छ । सिण्डिकेट काण्ड, भारु नोट काण्ड, ठेकेदार काण्ड, निर्मला काण्ड, रेशम चौधरी काण्ड, वाइडबडी काण्ड, सिके राउत काण्ड, प्रतिबन्ध काण्ड, नेपाली नक्सा काण्ड, बाल्वाटार काण्ड, खुलामञ्च काण्ड आदि इत्यादि काण्डै काण्डको विकाु भएको छ । यो पनि नेपाल मण्डलको मौलिक विकास हो । यी सबै कुराहर्ले गर्दा नेपाल मण्डलमा पुँजीवाद त आएकै हो । अब सिधै समाजवादमा जाने कुरो छ ।
१५ बैशाख २०७६