काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मण्टेश्वरीदेखि विश्वविद्यालय तहसम्म बढाइएको शुल्क बृद्धिका विरुद्ध संघर्ष सञ्चालन गर्ने भएको छ । उक्त संगठनको बैशाख ९, १० र ११ मा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्न संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले जारी गरेको वक्तव्यमा शैक्षिक संस्था तथा सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाउने, विश्वविद्यालयहरुका विकृति, विसंगति लगायत विषयलाई मध्यनगर गर्दै संघर्ष सञ्चालन गर्ने, शिक्षा र स्वास्थ्यमा भएका निजीकरण, दलालीकरण, भ्रष्टीकरण र माफियाकरणका विरुद्ध संघर्ष सञ्चालन गर्ने र सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि जोडदार पहल गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकले संगठनलाई व्यापक रुपमा विस्तार गर्ने, ३ महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाउनेलगायतका निर्णय समेत गरेको छ । बैठककै बीचमा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण र पार्टी स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल गौरवले समसामयिक विषयमा प्रशिक्षण समेत दिएका थिए । बैठकले केन्द्रीय समितिमा एक जनालाई थपेको र विश्वविद्यालयहरुमा समन्वय समिति गठन र विभागहरु समेत गठन गरी जिम्मेवारी समेत ठोस गरिएको जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर