काठमाडौं । ११ विद्यार्थी संगठनहरुद्वारा काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रवार एक बृहद् समसामयिक राजनीति तथा विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ ।
विचार गोष्ठीमा ११ वटै विद्यार्थी संगठनका मातृ पार्टीहरुका अध्यक्ष तथा पदाधिकारीहरुको समुपस्थिति रहेको थियो ।