काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको बन्द सत्रमा मोर्चाका अध्यक्ष सीपी गजुरेल र सचिव परि थापाले क्रमश राजनीतिक प्रतिवेदन र मोर्चा विधान हलमा बाचन गरेपछि उपस्थित सहभागी प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई सात टिममा विभाजन गरेर सोमबार दिनभर छलफल र विचार विमर्शका लागि समय दिइएको छ ।
अहिले ओमसाई पार्टी प्यालेसमा उपस्थित प्रतिनिधि तथा पर्यवेक्षकहरुका बीचमा राजनीतिक प्रतिवेदन र विधानलाई लिएर निकै गरमागरम बहस भइरहेको छ । यो बहसपछि सहभागीहरुकै बीचबाट छलफलमा आएका कुराहरु रिपोर्टिङका लागि एकजना टोली नेता पनि चयन गरिने छ ।
टोली नेताहरुबाट सम्बन्धित टोलीले गरेको छलफलका विषयहरुलाई लिएर रिपोर्टिङ गरेपछि नेताहरुबाट उक्त विषयमा संश्लेषण गरिने बताइएको छ ।