देजमोको प्रदेश सम्मेलनको पूर्वसन्ध्यामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित पाँच जना पक्राउ, अबिलम्ब रिहाई नगरिए सशक्त प्रतिरोध गरिने

देजमोको प्रदेश सम्मेलनको पूर्वसन्ध्यामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित पाँच जना पक्राउ, अबिलम्ब रिहाई नगरिए सशक्त प्रतिरोध गरिने

बाँके । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ५ नं. प्रदेशको सम्मेलनको पूर्वसन्ध्यामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित पाँच जना नेता कार्यकर्ताहरुले प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्रान्तिकारी माओवादीका केस तथा अखिल नेपाल किसान महासंघका महासचिव धनेश्वर पोखरेल, पार्टीको पाँच नम्बर प्रदेश सदस्य विराट शाही, गोपाल वैद्य, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य इन्द्र दमाई, क्रान्तिकारी युवा लिगका जिल्ला सदस्य राकेश बस्नेत रहेका छन् ।

उनीहरुलाई नेपालगञ्जबाट सम्मेलनको तयारीमा जुटिरहेको बेला पक्राउ गरी वडा कार्यालयमा राखिएको छ । नेताहरु पक्राउ परेलगत्तै अनेकिमहासंघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष सीताराम तामाङ र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बाँकेका अध्यक्ष सुरेश ओलीले छुट्टा छुट्टै वक्तव्य जारी गरी गिरफ्तार नेताहरुको अविलम्ब रिहाईको माग गरेको छ ।

दुवै संगठनले नेताहरुलाई विनाकारण गिरफ्तार गरी राज्यआतंक सिर्जना गर्न खोजेको र फासिवादी दमन लाद्न खोजेको भन्दै ओली सरकारको यस हर्कत्को घोर भत्र्सना र कडा शब्दमा निन्दा गरेका छन् । र, नेताहरुको अविलम्ब रिहाई नगरिए सशक्त प्रतिरोधमा उत्रने चेतावानी समेत दिएका छन् । पक्राउको विषयमा वडा प्रहरी कार्यालयका इनिस्पेक्टर नारायण डाँगीसँग बुझ्दा कारणबारे स्पष्ट जवाफ नदिए पनि अनुसन्धान भइरहेको बताए ।