अखिल (क्रान्तिकारी)को ५ नं. प्रदेशको भेला सम्पन्न, संयोजकमा महेश श्रेष्ठ

अखिल (क्रान्तिकारी)को ५ नं. प्रदेशको भेला सम्पन्न, संयोजकमा महेश श्रेष्ठ


बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी)को ५ नं. प्रदेशको भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले विध्यार्थी नेता महेश श्रेष्ठलाई प्रदेश संयोजकमा निर्वाचित गरेको छ । क्रान्तिकारी माओवादीको प्रदेश कार्यालय बुटवलमा सम्पन्न भेलाले नेता श्रेष्ठको संयोजकत्वमा १९ सदस्सीय प्रदेश कमिटि निर्वाचित गरेको हो । उक्त कमिटिका अन्य सदस्यहरुमा दिलबहादुर चुदार, संग्राम भ्यु थापा, सुशिला कडायत, पवित्रा उप्रेती, रमेश पाण्डे, रामचन्द्र लामिछाने, ध्रुव तरामु, खगेन्द्र चौलागाई, भोजबहादुर बराल, जनक सुनुवार, बबरजंग शाही लगायत रहेका छन् ।


संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पार्टीका केस तथा विध्यार्थी प्रदेश फ्र्याक्सन इन्चार्ज निरजकुमार केसी, पार्टीका केस तथा रुपन्देही–नवलपरासी इन्चार्ज पिताम्बर आचार्य लागयतका नेताहरुको विशेष आतिथ्यता रहेको थियो । नेताहरुले भेलालाई सम्बोधन गर्दै विध्यार्थी आन्दोलनलाई विचार, राजनीति, संगठन र संघर्षका हिसाबले सडक बाघको रुपमा स्थापित गर्दै शिक्षामा भएको निजीकरण, व्यापारीकरण तथा माफियाकरणका विरुद्ध सशक्त रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । पछिल्लो चरणमा अखिल (क्रान्तिकारी)मा विध्यार्थीहरु संगठित हुने लहर बढेर गएको छ ।