अनेकिमहासंघ(क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रेम थापा पक्राउ, अविलम्ब रिहाई गर्न मोर्चाको माग

अनेकिमहासंघ(क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रेम थापा पक्राउ, अविलम्ब रिहाई गर्न मोर्चाको माग


नेपालगञ्ज । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ५ नं. प्रदेशको सम्मेलनको तयारीमा जुटिरहेको बेला अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रेम थापा (बाँके)लाई ओली सरकारका प्रहरी प्रशासनले विनाकारण पक्राउ गरेको भन्दै मोर्चाले ओली सरकारको यो कदमलाई फासिवादी कदम भन्दै घोर भत्र्सना गरेको छ र पक्राउ परेका थापाको अविलम्ब रिहाईको माग गरेको छ ।

मोर्चाका बाँके अध्यक्ष सुरेश ओलीले शुक्रबारै एक वक्तव्य जारी गर्दै जनताको राजनीतिक, सामाजिक तथा आर्थिक गतिविधिमा प्रतिबन्ध लगाई ओली सरकारले सामाजिक फासिवादी चरित्र प्रदर्शन गरेको उल्लेख गरेका छन् । र, गिरफ्तार थापालाई अविलम्ब रिहाईको लागि जोडदार माग गरेका छन् । मोर्चाको सम्मेलनको तयारीमा रहेका नेता कार्यकर्तामाथिको धरपकड र गिरफ्तारी जारी राखिए सशक्त प्रतिरोध गर्ने पनि ओलीले चेतावानी दिएका छन् ।