विप्लव नेकपाको बन्द सफल

३५ दिनभित्र हतियार बुझाउन ओली सरकारको समयसीमा

प्रकाशित मिति : २०७५ फाल्गुन ३०

काठमाडौं । विप्लव नेकपाको बिहीवार राखेको नेपाल बन्द सफल भएको छ । राजधानी सहर काठमाडौंमा बाहेक अन्यत्र ठप्प भएको जनजीवनलाई लिएर वुद्धिजीवीहरुले सरकारको निकै आलोचना गरेका छन् । सर्वसाधरणहरुले पनि सरकारको प्रतिबन्धको कुरालाई लिएर सरकारको कडा टिपपणी गरेका छन् ।

यसैबीच सरकारले बिहीवार नै नेकपालाई आफूहरुसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा तोकिदिएको छ । उक्त कुरा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेका हुन् । उनका अनुसार वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको पनि बताएका छन् ।

तर यसअघि वार्ताका लागि आधिकारिक पत्राचार नै नगरेको र दमन गर्न आएमा मुहतोड प्रतिरोधसहित जवाफ दिने नेकपाका महासचिव बिप्लबले जनाइसकेका छन् । यसका लागि ओली सरकारले रातो कार्पेट ओछ्याएरै बिन्ती गरेको खुलासा पनि मन्त्री बास्कोटाले गरेका छन् ।

यसैबीच सत्ताधारी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हत्या गर्ने लिष्टमा राखेको भनी विप्लवतिर संकेत गरेका छन् ।