रामेछाप । देशभत्त जनगणतान्त्रिक मोर्चा नेपाल रामेछापको प्रथम भेला रामेछाप समन्वय समितिको सभाहलमा शुक्रबार सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम तथा ३ नं. प्रदेशका सचिव दिनेश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले स्वरुपसिङ मोक्तानलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको छ ।

हार्दिक शुभकामना !

भेलाले उपाध्यक्षमा जुवानसिह तामाङ, सचिवमा जितमान घताने, कोषाध्यक्ष गोपिमाया तामाङसहित २५ जनाको जिल्ला कमिटि निर्वाचित गरेको छ ।

त्यसैगरी, क्रान्तिकारी युवाहरुको एक भेलाले क्रान्तिकारी युवा लिग रामेछापको संयोजकमा मिलन तामाङलाई निर्वाचित गरेको छ । भेलाले तामाङको नेतृत्वमा ३० सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ ।

भेलामा पार्टी केस तथा जिल्ला इन्चार्ज गगन, सचिव लाङ्घाली लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर