
भक्तपुर । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भक्तपुरको भेला सम्पन्न भएको छ । मोर्चाका केन्द्रीय सचिवालय सदस्य पवनमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गणेश पौडेललाई मोर्चाको जिल्ला अध्यक्षमा निर्वाचित गरेको छ । भेलाले मोर्चाको सचिवमा रामहरि गनेजु र सदस्यहरुमा रामकुमार दोङ तामाङ, छत्रबहादुर आले, पदम लामा, अप्सरा मगर, अञ्जना शाही, मिनप्रसाद गिरी, इश्वर केसी, राम कोजु, राजु लोहला, कृष्णप्रसाद घेमोसु, विमल गिरी चुनिएका छन् ।
भेलामा पार्टीका जिल्ला इन्चार्ज भरत बुर्जामगर, सचिव श्रीकृष्ण सुलुको विशेष आतिथ्यता रहेको थियो । प्रमुख अतिथि श्रेष्ठले भेलालाई सम्बोधन गर्दै वर्तमान अवस्थामा नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा, जनतन्त्र र जनजीवीकाको लागि र महंगी, भ्रष्टाचार रोक्न संघर्षको उठान गर्न आगामी चैत्र २४ गते जनआन्दोलन दिवसको सन्दर्भ पारेर मोर्चाको राष्ट्रिय सम्मेलन गर्न लागेको बताए । नेता श्रेष्ठ लगायत विशेष अतिथिहरुले नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना दिएका थिए ।






























