
ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी) को युवा संगठन क्रान्तिकारी युवा लिग ललितपुरको भेला सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीको कुपोन्डोल स्थित पार्टी कार्यालयमा सम्पन्न भेलाबाट रोमन महर्जनको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।
भेलाले १३ पूर्ण र ५ वैकल्पिक गरी १८ सदस्यीय कमिटी निर्वाचित गरेको हो । निर्वाचित सदस्यहरुमा निरन तुलाधर, प्रेम श्रेष्ठ, आशिष शाही, सुरेन्द्र महर्जन, सानुरत्न शाक्य, साजन माली, सुनिल महर्जन, अनिल लामालगायत रहेका छन् । वैकल्पिक सदस्यहरुमा सुशान्त कपाली, सपृम राजबाहक, बाबुकृष्ण महर्जन, सुनिल नापित, बिजय बस्नेतलगायत रहेका छन् ।
कार्यक्रममा युवा लिगका केन्द्रीय अध्यक्ष अमिर महर्जन, युवा संगठनको प्रदेश तीनका पार्टी फ्य्राक्सन इन्चार्ज वसन्त बोगटी, ललितपुर जिल्ला पार्टी सेक्रेटरी श्याम कार्की लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
निर्वाचित कमिटीलाई बधाई दिर्दै नेताहरुले मुलुकमा जनवादी क्रान्ति नभएसम्म समाजमा देखिएका विकृति, विसंगती र तमाम समस्याहरुको समाधान सम्भव नहुने भन्दै त्यो प्रकृयामा क्रान्तिकारी युवाहरु शारीरिक र राजनैतिक, वैचारिक रुपमा तयार हुनुपर्ने बताएका थिए ।





























