काठमाडौं । नागरिक सुनुवाई कार्यक्रम आइतवार काठमाडौंको असनमा सम्पन्न भएको छ । जनताका माग तथा आवाजहरुको सुनुवाई नभएपछि सुनुवाइका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल महानगर समितिको आयोजनामा गरिएको उक्त कार्यक्रममा स्थानीय जनताको सक्रिय सहभागिता रहेको थियो । स्थानीय जनताले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरु उठाएका थिए । उठाइएका यी प्रश्नहरुको जवाफ उपस्थित अतिथिहरुले दिएका थिए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा काठमाडौं पार्टी सेक्रेटरी क. शारदा महत, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काठमाडौं जिल्लाका जिल्ला अध्यक्ष क. खगेन्द्र छन्त्याल, काठमाडौं महानगर पालिकाका उपमेयर हरिप्रभा खड्की, काठमाडौं महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष नीलकाजी शाक्यको आतिथ्यता रहेको थियो ।
कमरेड कर्ण बीसीद्वारा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता देजमो महानगर समिति संयोजक ईश्वरदास सायमीले गरेका थिए । कार्यक्रममा पार्टीको अवधारणा कमरेड शारदा महतद्वारा राखिएको थियो ।