हेटौडा । पूर्वबाट मकवानपुर आइपुगेको मेची–महाकाली अभियानले मकवानपुरको मनहरीमा कोणसभा भव्य रुपमा सम्पन्न गरेको छ । कोणसभालाई मोर्चाका केन्द्रीय सचिवलाय सदस्य तथा ३ नं. प्रदेशका संयोजक पवनमान श्रेष्ठले सम्बोधन गरेका थिए । कोणसभामा मोर्चाका केन्द्रीय अध्यक्ष तथा पार्टी स्थायी समिति सदस्य सीपी गजुरेल, पार्टी स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेल, पार्टी पिविएम तथा ३ नं. प्रदेश सचिव दिनेश शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

हार्दिक शुभकामना !

अभियान टोली यहाँको कार्यक्रम सकेर चितवन प्रवेश गर्नेछ । यसअघि हिजो हेटौडाको बुद्धचोकमा जनसभाको आयोजना गरिएको थियो । र, त्यहाँ ३ नं. प्रदेशले अभियान टोलीलाई भव्य स्वागत गरेको थियो । त्यो जनसभालाई मोर्चाका अध्यक्ष सीपी गजुरेल, पार्टी स्थायी समिति सदस्य हरिभक्त कँडेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा ३ नं. प्रदेशका संयोजक पवनमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विध्यार्थी नेता मनकुमार न्यौपानेले गरेका थिए । सभामा पार्टी पिविएमहरु दिनेश शर्मा, कृष्णदेव सिंह दनुवार, कमल चौधरी, मधेसी मुक्ति मोर्चाका अध्यक्ष विरेन्द्र यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो । अभियान टोली १ र २ नं. प्रदेशका जिल्लाहरुका कार्यक्रम सकेर ३ नं. प्रदेश प्रवेश गरेको हो । मेची–महाकाली अभियानको भोली अर्थात् २१ गते चितवनको चौविककोठीमा समापन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर