काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले व्यापक र भव्य रुपमा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) मनाउने तयारी गरेका छन् ।

हालै बसेको संगठनको बैठकले ‘महिला सुरक्षा, मुक्ति र जनगणतन्त्रका लागि संघर्ष गरौं, १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं’ भन्ने मूल नाराका साथ मनाउन लागिएको महिला दिवसमा क्रान्तिकारी महिलाहरुले ‘बलात्कारीलाई फाँसी दे, महिलामाथि हुने हत्या, हिंसा, बलात्कारको अन्त्य गर, पैतृक सम्पत्तिमा समान अधिकार लागू गर, राज्यसत्तामा विशेषाधिकारसहित पूर्ण समानुपातिक महिला प्रतिनिधित्वको ग्यारेण्टी गर, समान कामको समान ज्याला कायम गर, सम्पूर्ण उत्पीडित महिलाहरु एक होऔं, महिला मुक्ति आन्दोलन जिन्दावाद’ लगायतका नाराहरु अगाडि सारेका छन् ।

हार्दिक शुभकामना !

प्राप्त जानकारी अनुसार आठ मार्च अर्थात् २४ गते काठमाडौंको शान्तिबाटिकामा भेला भई नारा जुलुससहित सभा गरेर आठ मार्च मनाउने तयारी गरिएको छ । आठ मार्चलाई लक्षित गरेर अनेमसंघ (क्रान्तिकारी)ले हाते पर्चा समेत प्रकाशित गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर