मेची–महाकाली जनजागरण अभियानको संयुक्त समापन चितवनमा

मेची–महाकाली जनजागरण अभियानको संयुक्त समापन चितवनमा

काठमाडौं । देशका चारवटा सहरबाट एकसाथ उद्घाटन भई ७ फागुनबाट सञ्चालनमा रहेको मेची–महाकाली जनजागरण अभियानको संयुक्त समापन चितवनको चौबीसकोठीमा हुने भएको छ । झापाको काँकडभिट्टा, कञ्चनपुरको गड्डाचौकी, काठमाडौंको शान्तिबाटिका, कास्कीको पोखराबाट एकसाथ उद्घाटन भई सञ्चालनमा रहेको अभियानको संयुक्त समापन २१ फागुनमा चितवनमा गर्न लागिएको हो । पूर्व झापाबाट सञ्चालन गरिएको अभियान टोलीको नेतृत्व देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले गरेका छन् भने पश्चिम कञ्चनपुरबाट सञ्चालन गरिएको अभियानको नेतृत्व मोर्चाका केन्द्रीय सचिव परि थापाले गरेका छन् । कास्कीको पोखराबाट ४ नं. प्रदेशका जिल्लाहरुमा सञ्चालन गरिएको अभियानको नेतृत्व मोर्चाका सचिवालय सदस्य तथा ४ नं. प्रदेशका संयोजक केशबहादुर परियारले गरेका छन् । काठमाडौंमा उद्घाटन गरिएको अभियान टोल भने मोर्चाको विभिन्न जिल्लाको सम्मेलन सम्पन्न गर्दै अभियान समापन सभाको तयारीमा जुटेको छ ।

पछिल्लो हप्ता पूर्वको अभियान २ नं. प्रदेशका जिल्लाहरुमा कोणसभा, जनसभा, पत्रकार सम्मेलन, सीमा निरीक्षण, जनतासँगको अन्तक्र्रियालगायतका कार्यक्रम सम्पन्न गरी आइतबार ३ नं. प्रदेशको मकवानपुर प्रवेश गरेको छ भने पश्चिमको अभियान ५ नं. प्रदेशका जिल्लाहरुमा कार्यक्रम सम्पन्न गरी सोमबार विहान ४ नं. प्रदेशको नवलपुर जिल्ला प्रवेश गर्दैछ । ४ नं. प्रदेशमा सञ्चालन भइरहेको अभियान पनि भोलि विहान नवलपुरमा पश्चिमको अभियान टोलीसँग मिसिएर नवलपुरमा जनसभा गर्ने तयारीमा रहेको अभियान टोलीका नेता केशबहादुर परियारले जानकारी दिए ।

प्राप्त समाचार अनुसार १० फागुनमा ५ नं. प्रदेश प्रवेश गरेको पश्चिमको अभियान टोलीलाई बर्दियाको राधापुरमा भव्य स्वागत गरियो । सभालाई देजमोका सचिव परि थापा, क्रान्तिकारी माओवादीका पिविएम प्रेम सुवेदी, केस तथा बाँके–बर्दिया इन्चार्ज भुपेन्द्र न्यौपानेले सम्बोधन गरेका थिए । पार्टी केस हिरामणि दुःखीले सञ्चालन गरेको सभामा जिल्ला पार्टी सचिव दिलबहादुर कठायतले स्वागत गरेका थिए । त्यस लगत्तै अभियान टोलीले सीमाक्षेत्र शंकरपुरको निरीक्षण गरेको थियो । त्यसपछि भुरी गाउँमा कोणसभाको आयोजना गरियो । नेता दुःखीले सञ्चालन गरेको यहाँको कोणसभालाई नेता थापाले सम्बोधन गरेका थिए । त्यसपछि ताराताल, गुलरियामा कोणसभा सम्पन्न गरियो । ११ गते बाँकेको सिमलघारीमा जनसभा सम्पन्न गरियो । देजमोका बाँके अध्यक्ष सुरेश ओलीले सञ्चालन गरेको जनसभाको अध्यक्षता पार्टी केस भुपेन्द्र न्यौपानेले गरेका थिए भने बाँकेका पार्टी सचिव तेजविक्रम शाहीले स्वागत गरेका थिए । सभालाई नेता परि थापा, हिरामणि दुःखी र धनेश्वर पोखरेलले सम्बोधन गरेका थिए । त्यसपछि बाँकेको खजुरा, धम्बोजी, कोहलपुरमा कोणसभा सम्पन्न गरियो । यी सबै कोणसभालाई नेता थापा लगायतका नेताहरुले सम्बोधन गरेका थिए भने कोहलपुरको कोणसभाको सञ्चालन कञ्चनपुरका पार्टी सचिव हरि सुवेदीले गरेका थिए । यो अभियान टोली १३ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न पुग्यो । सुर्खेतमा नारा जुलुससहित सभा सम्पन्न गरिएको थियो । सभालाई नेता थापा, पार्टी स्थायी समिति सदस्य राजवीर, पार्टी केसहरु कृष्ण गुरुङ, हिरामणि दुःखी, धनेश्वर पोखरेल, भुपेन्द्र न्यौपाने, दिपक शाही लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

सुर्खेतको जनसभा सकेर फर्केको अभियान टोलीले १४ गते राप्तीपारी नरेनापुरमा कोणसभा सम्पन्न ग¥यो । यहाँको कोणसभाको सञ्चालन बाँके सचिव तेजविक्रम शाहीले गरेका थिए भने अध्यक्षता नक्कु गेडियाले गरेका थिए । नेता थापा र महिसपाल मौरेले सम्बोधन गरेका थिए । त्यसपछि वैदापुरमा भएको कोणसभाको सञ्चालन मोर्चाका बाँके संयोजक सुरेश ओलीले गरेका थिए भने सभालाई सम्बोधन नेता थापाले गरेका थिए ।

१५ गते विहान नाराजुलुससहित दाङको तुलसीपुरको विपी चोकमा कोणसभा सम्पन्न गरियो । इश्वरीप्रसाद गैरेले सञ्चालन गरेको कोणसभालाई हिरामणि दुःखी र परि थापाले सम्बोधन गरेका थिए । त्यसपछि तुलसीपुर चोकको कोणसभाको सञ्चालन देजमो दाङका अध्यक्ष नरेन्द्र बन्जाडेले गरेका थिए भने मोर्चाका केन्द्रीय सचिव थपा, पार्टी केस पोखरेल र मोर्चाका केस वाइवी शाहले सम्बोधन गरेका थिए । यहाँको कार्यक्रममा प्रमाणपत्र र केही नगदसहित ३४ जना सहिद परिवारलाई अभिनन्दन समेत गरिएको थियो । लमहीमा भएको कोणसभाको सञ्चालन मोर्चाका जिल्ला उपाध्यक्ष निमबहादुर जिएमले गरेका थिए भने स्वागत पार्टी सचिव रामजी चौधरीले गरेका थिए भने सम्बोधन मोर्चाका सचिवालय सदस्य तथा ५ नं. प्रदेश सचिव केवी गुरुङले गरेका थिए ।

१६ गते कपिलवस्तुको नारा जुलुससहित कपिलवस्तुको चन्द्रौटामा कोणसभा गरियो । यहाँको कोणसभालाई नेता गुरुङ र पार्टी केस समिर केसीले सम्बोधन गरेका थिए । सभाको सञ्चालन पार्टी सचिव आकाशले गरेका थिए । त्यसपछि बहादुरगञ्जमा भएको सभामा विनयकुमारले अवधि र नेता गुरुङले हिन्दी भाषामा सम्बोधन गरेका थिए । कृष्णनगर बजार, बुटनिया, महाराजगञ्ज बजारमा पनि कोणसभा सम्पन्न गरियो । १७ गते यो अभियान टोली जिल्लाको पत्रकार टोलीसहित महलीसागर बाँधको निरीक्षण गर्न गयो । सीमामा नारा, जुलुससहित विरोधसभा सम्पन्न गरियो । भारतीय सीमा सुरक्षा बलले अभियान टोलीको कार्यक्रममाथि हस्तक्षेप गर्न खोजेपछि यहाँ केही बेर तनाव समेत उत्पन्न भएको थियो ।

त्यसपछि तौलिहवा र ४ नं. जितपुरमा कोणसभा सभा सम्पन्न गरी अभियान टोली १७ गते रुपन्देही प्रवेश ग¥यो ।
रुपन्देहीको कञ्चन गापाको पीपरीचापामा अभियान टोलीलाई गम्छा ओडाएर भव्य स्वागत गरियो । र, त्यहाँ कोणसभा समेत सम्पन्न गरियो । यहाँको कोणसाभामाको सञ्चालन राजु भुजेलले गरेका थिए भने हिरामणि दुःखीले सम्बोधन गरेका थिए । कञ्चन गापाकै गरगरेमा धनेश्वर पोखरेल र हरैयामा नेता थापा, रुपन्देहीका इन्चार्ज समेत रहेका पार्टी केस पिताम्बर आचार्य, हिरामणि दुःखीले सम्बोधन गरे । कार्यक्रमको सञ्चालन राजु भुजेलले गरेका थिए । लुम्बीनीको पर्चा चौराहामा भएको कोणसभालाई नेता दुःखीले सम्बोधन गरे भने सञ्चालन मुजिव अलीले गरे । रामापुर कोलोनीमा भएके कोणसभाको सञ्चालन एरिया सेक्रेटरीले गरे भने सम्बोधन नेता धनेश्वर पोखरले गरे । त्यसपछि गरिएको बुटवलको कोणसभालाई नेता परि थापाले सम्बोधन गरे । बुटबलमा गरिएको पत्रकार भेटघाटको सञ्चालन नेता दुःखीले गरे भने पत्रकारहरुलाई सम्बोधन तथ पत्रकारहरुको प्रश्नको जवाफ नेता थापाले दिए । त्यपछि भैरहवामा पनि पत्रकारकारहरुसँग अभियान टोलीले भेटघाट ग¥यो । खैरेनीमा भएको कोणसभाको सञ्चालन नेता दुःखीले गरे भने सभालाई सम्बोधन नेता थापा र आचार्यले गरे । रुपन्देहीले अभियान टोलीलाई डायरी र टिका लगाएर विदाइ ग¥यो । त्यसपछि परासी जिल्लाको असनीयामा कोणसभा सम्पन्न गरियो । यहाँको कोणसभाको सञ्चालन मोर्चाका जिल्ला अध्यक्ष राजु खनालले गरेका थिए भने नेता आचार्यले सम्बोधन गरेका थिए । सुनवल चौराहामा भएको कोणसभाको सञ्चालन पार्टी सचिव छवि खरेलले गरेका थिए भने सम्बोधन नेता दुःखीले गरेका थिए । परासी बजारमा भएको कोणसभाको सञ्चालन विध्यार्थी नेता महेश श्रेष्ठले सञ्चालन गरेका थिए भने सभालाई नेता थापा र मुजिव अलीले सम्बोधन गरेका थिए । आइतबारै अर्थात् १९ गते भमई र बर्दघाटमा समेत कोणसभा सम्पन्न गरिएको छ ।

त्यसैगरी पूर्वको अभियान टोलीले १० फागुनबाट सप्तरीको राजविराज, कल्याणपुर, शिशुवारी हुँदै सिरहाको लहान, सदरमुकाम सिरहा, चोहर्वा, गोलबजार लगायतका क्षेत्रमा कोणसभा तथा जनसभा सम्पन्न गरियो । यी सभाहरुलाई देजमो अध्यक्ष सिपी गजुरेल, पार्टी स्थायी समिति सदस्य हरिभक्त कँडेल, पार्टी पिविएम तथा २ नं. प्रदेश सचिव कृष्णदेव सिंह दनुवार, मोर्चाका सचिवलाय सदस्य तथा २ नं. प्रदेशक संयोजक कमल चौधरी, पार्टी केसहरु विरेन्द्र यादव, जितेन्द्र सिंह, मोहनसिंह तामाङ, मोर्चाका २ नं. प्रदेश सचिव रामनारायण सिंह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

अभियानले धनुषाको जनकपुरमा पत्रकार सम्मेलन, महोत्तरीको बर्दिवासमा सभा तथा पत्रकार सम्मेलन, सर्लाहीका विभिन्न स्थानमा कोणसभा तथा जनसभा सञ्चालन गर्दै रौतहटको चपुरमा भव्य जनसभा सम्पन्न ग¥यो । रौटहटका पत्रकारहरुसँग भेटघाट अन्तक्र्रिया गर्दै अभियान टोलीले बाराको इनरुवाका युवाहरुलाई मोर्चा प्रवेश गरायो । त्यसपछि पर्साको वीरगञ्चमा पत्रकारहरुसँग अन्तक्र्रिया सम्पन्न गरी अभियान टोलीले पर्साका विभिन्न ठाउँमा कोणसभा सम्पन्न गरी आइतबार यो अभियान टोली ३ नं. प्रदेशको मकवानपुर हेटौंडामा आइपुगेको छ । आइतबारै अभियान टोलीलाई भव्य स्वागत गर्दै हेटौडाको बुद्धचोकमा भव्य जनसभा सम्पन्न गरिएको छ ।

मोर्चाका अध्यक्ष सिपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभाको अध्यक्षता मोर्चाका ३ नं. प्रदेश संयोजक पवनमान श्रेष्ठले गरेका थिए भने सञ्चालन मनकुमार न्यौपानेले गरेका थिए । जनसभामा विशेष अतिथिको रुपमा पार्टी स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल, अतिथिका रुपमा पार्टी पिविएम तथा ३ नं. प्रदेश सचिव दिनेश शर्मा, पार्टी विविएम तथा २ नं. सचिव कृष्णदेव सिंह दनुवार, मोर्चाका २ नं. प्रदेश संयोजक कमल चौधरी, मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष विरेन्द्र यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो । सभालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले वर्तमान सत्ता, सरकार र संविधानको विकल्पको खोजी गर्ने बेला भइसकेकोले मोर्चा देशव्यापी अभियानमा निस्केको र व्यवस्था परिवर्तनका लागि अब सडक आन्दोलन अपरिहार्य रहेको बताए ।

यता ४ न. प्रदेशले १५ फागुनबाट चलाएको अभियान कास्की, स्याङ्जा, तनहुँ, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, गोरखा हुँदै नवलपुरमा पुगेर पश्चिमबाट आएको अभियान टोलीसँग सोमबार मिसिदैछ । ती जिल्लाहरुमा भएका कोणसभा तथा जनसभालाई मोर्चाका सचिवालय सदस्य तथा ४ नं. प्रदेशका संयोजक केशबहादुर परियार, पार्टी केसहरु अशोक लम्साल, निलबहादुर पुन, रामजी थापा, नारायण अधिकारीलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्राप्त जानकारी अनुसार यो अभियान टोलीले आइतबार गोरखाको गोरखाबजार सहिद गेट नजिकै सभा सम्पन्न गरेको छ । पार्टी जिल्ला सचिव कृष्ण कट्टेलको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न सभालाई नेता परियार, निलबहादुर पुन र नारायण अधिकारीले सम्बोधन गरेका थिए । त्यसैगरी आइतबारै तनहुँको आँबु खैरेनीमा पनि सभा सम्पन्न गरिएको छ । यहाँको सभालाई पनि नेता केशबहादुर परियार, निलबहादुर पुन लगायतका नेताहरुले सम्बोधन गरेको बुझिएको छ ।