क्रान्तिकारी माओवादी निकट ईन्जिनियरहरु संगठित, ई. निवासचन्द्र श्रेष्ठको संयोजकत्वमा नेपाल ईन्जिनियरिङ अर्गनाइजेशन गठन

क्रान्तिकारी माओवादी निकट ईन्जिनियरहरु संगठित, ई. निवासचन्द्र श्रेष्ठको संयोजकत्वमा नेपाल ईन्जिनियरिङ अर्गनाइजेशन गठन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट ईन्जिनियरहरु संगठित भएका छन् । ईन्जिनियरहरुको एक भेलाले ई.निवासचन्द्र श्रेष्ठको संयोजकत्वमा नेपाल ईन्जिनियरिङ अर्गनाइजेशन गठन गरिएको छ ।

क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य प्रभाकिरणको प्रमुख आतिथ्यतामा भएको भेलाले अर्गनाइजेशनका अन्य सदस्यहरुमा अनन्त गुरुङ, श्रीकृष्ण सुलु, चन्द्रलाल गुरुङ, तिलक बानियाँ, चुँडामणि श्रेष्ठ, निशान पौडेल, तुफान पौडेल, प्रदिप सुवेदी, दुर्गा गुरुङ, सचिर महर्जन लगायतलाई संगठित गरेको छ ।

भेलाले मस्यौदा विधान तथा प्रतिवेदन आवश्यक परिमार्जनसहित पारित गरेको छ । भेलाले निवासचन्द्र श्रेष्ठ, श्रीकृष्ण सुलु, चुडामणि श्रेष्ठ र तिलक बानियाँलाई संगठनको नीति, योजना, कार्यक्रम बनाउने जिम्मा दिएको छ ।