वीरगञ्ज । मेची–महाकाली अभियान लिएर पर्साको वीरगञ्ज पुगेका देशभक्त जनगणतान्त्रिक मार्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले आज वीरगञ्जमा पत्रकारहरुसँग भेटघाट तथा अन्तक्र्रिया गर्दै ओली सरकार रहेसम्म मुलुकमा जनघात र राष्ट्रघात नरोकिने बताएका छन् । वीरगञ्ज स्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष गजुरेलले भने, “ओली सरकार फासिवाद उन्मुख देखिन्छ, राष्ट्रियता कमजोर भएको छ, जनताका समस्या बढिरहेका छन् मुलुकमा ब्याथिति, भ्रष्टीकरण, दलालीकरण बढेको छ, अब त्यसको विकल्प खोज्नुपर्छ । त्यसका लागि अर्को चरणको जनआन्दोलनको तयारी गर्नु आवश्यक छ ।”

हार्दिक शुभकामना !

उनले आफुहरुले जनयुद्ध र जनआन्दोलन दलाल र पूँजीवादीहरुको पक्षमा काम गर्ने लोकतान्त्रिक गणतन्त्र नभै देश र जनताको पक्षमा काम गर्ने संघीय जनगणतन्त्रका लागि गरिएको चर्चा गर्दै अध्यक्ष गजुरेलले जनगणतन्त्रका लागि फेरि अर्को संघर्ष अनिवार्य बनेको छ ।

पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेल, पोलिटव्यूरो सदस्य कृष्णदेवसिंह दनुवार, कमल चौधरी, केस विरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर