काभ्रे । नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक नेपाल काभ्रेको प्रथम जिल्ला सम्मेलन यही फागुन १८ गते सम्पन्न भएको छ ।

हार्दिक शुभकामना !

“भ्रष्टाचार, कमिशनतन्त्र, माफियाहरू, काला बजारीया र दलालहरूलाई सशक्त कार्वाही गरांै, नयाँ जनवादी क्रान्तिको तयारीमा अगाडि बढांै” भन्ने मुल नाराका साथ बनेपा बसपार्कबाट निस्केको जुलुशले तीनदोबाटो, चारदोबाटो, गोदामचोक हँुदै पुनः बसपार्कमा पुगेको ¥याली सम्मेलन उद्घाटनमा परिणत गरेको थियो ।

सम्मेलन उद्घाटन सत्रको प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट्व्युरो सदस्य तथा ३ नं. प्रदेशका सचिव दिनेश शर्माले क्रान्तिकारी माओवादी राष्ट्रियता, जनतन्त्र र जनजीवीका लागि लड्ने पार्टी भएको बताएका छन् । मोर्चाको सम्मेलनलाई सम्बोधन गर्दै नेता शर्माले ओली सरकार दलाल र भ्रष्टहरूको सरकार भएको र यसले जनघात र राष्ट्रघातभन्दा अरु केही काम नगरेको बताए ।


वाइडबढी भ्रष्टाचार प्रकरण, निर्मला पन्तको बलत्कारपछि भएको हत्या प्रकारण, ३३ किलो सुन प्रकरण लगायतमा संलग्न दोषीहरूलाई कार्वाही गर्नुको साटो ढाकछोप गर्ने, भारतले सीमा मिच्दा चुपचाप बस्ने र तिनकै इसारामा चल्ने यो सरकार कुनै पनि हालतमा राष्ट्रवादी हुन नसकेको जिकिर गर्दै नेता शर्माले क्रान्तिकारी माओवादीले हाल देशव्यापी रुपमा भारतले मिचेको स्थानमा सीमा अवलोकन गरिरहेको समेत जानकारी दिए । उनले मुलुकमा विद्यमान भ्रष्टाचार, विकृति र विसंगति विरुद्ध आफ्नो पार्टीले कार्वाही शुरु गरिसकेको समेत बताए ।

त्यसैगरी सम्मेलनका अर्का अतिथि देजमो नेपालका केन्द्रीय सचिवालय सदस्य कान्छाराम तामाङले मुलुकले गति लिन नसक्नुमा बाहुनवादी हिन्दु चिन्तन दोषी रहेको बताए । हिन्दु धर्ममा जातीय, लिंगीय विभेद भएको र राज्यको धर्म नै हिन्दु भएकोले कयांै वर्षसम्म नेपाल महिला तथा जनजातिहरू सो विभेदको शिकार बन्नु परेको उनले जिकिर गरे ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य विकास, जिल्ला सचिव वसन्त, क्रान्तिकारी युवा लीगका केन्द्रीय सदस्य केशव ढल्कोटी, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, शहीद परिवारको तर्फबाट खेजराज न्यौपाने र रोशी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तेजबहादुर रानामगरले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल बार एशोसिएसन काभ्रेका अध्यक्ष देवकुमार मोक्तान, रोशी गाउँपालिका वडा नं. ४ का वडा सदस्य गोपीमाया थापामगर लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यसैबीच, मोर्चाका जिल्ला संयोजक टेक बहादुर वि.क.को सभापतित्वमा भएको उद्घाटन सत्रको सञ्चालन जितबहादुर लामा र स्वागत मन्तव्य आशिष रानाले गरेका थिए । सम्मेलनले संयोजक टेकबहादुर वि.क.द्वारा प्रस्तुत राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई पारित गर्दै आगामी २ वर्षका लागि जितबहादुर लामाको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ ।

जसमा उपाध्यक्ष मिना तामाङ (धुलिखेल), सचिव गुञ्जमान तामाङ (नमोबुद्ध), कोषाध्यक्ष प्रतिक तामाङ रोशी र सदस्यहरूमा क्रमश तेलीमाया थिङ (बनेपा), सुर्यमान मोक्तान (तेमाल), श्याम वि.क.(पाँचखाल) शोभा सेञ्च्युरी (नमोबुद्ध), सौरव कायस्थ (बनेपा), प्रदिप अस्तानी (महाभारत), दानु प्रधान (चांैरीदेउराली), रेशम माझी (भुम्लु), शेरबहादुर वि.क. (बेखसिम्ले), साइला तामाङ (रोशी), ज्ञानबहादुर लामा (नमोबुद्ध), मुकुन्द ढकाल (पाँचखाल), कविता तामाङ (पाँचखाल), राकेश लामा (नमोबुद्ध), मानबहादुर योञ्जन (महाभारत), मेजरमान थिङ (महाभारत), रिजन थिङ (महाभारत), पदम दोङ (तेमाल), वसन्त वि.क. (बनेपा), नविन वाईवा (बनेपा), लालमान तामाङ (तेमाल सरमथली), खेजराज न्यौपाने (रोशी), छविलाल रानामगर (रोशी), पूर्णबहादुर रानामगर (रोशी), साईला लामा (चौरीदेउराली), एलिसा माझी (भुम्लु) रहेका छन् ।

बन्दसत्रको सञ्चालन अध्यक्ष मण्डलका संयोजक अधिवक्ता देवकुमार मोक्तानले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर