दैलेख । दैलेख भगवतीमाई गाउपालिकामा नेकपा (क्रान्तिकारी माओवादी) को सात सदस्यीय गाउ समितिको गठन गरिएको छ । उक्त कमिटीको नेतृत्वमा सचिव कमरेड जीवन विक सर्वसम्मत चयन गरिए । कमिटी निर्माणको क्रममा पार्टीले सहिद सप्ताह पनि मनाउँदै गइरहेको छ ।

यसै सन्दर्भमा सहिद तथा वेपत्ता योद्धा परिवार समाज नेपाल गाउँ समिति पनि गठन भएको छ । यो समितिको अध्यक्षमा कमरेड भीमबहादुर खड्का उपाध्यक्षमा कमरेड मानबहादुर सिंह, सचिव कमरेड लिला बहादुर विक, सदस्यहरु कमरेड लक्ष्मी शाही, तुल्सा सिंह, किशोर खड्का, जीवन विक, र देजमो नेपाल र क्रान्तिकारी युवा लिगको संयोजकमा किशोर खड्का रहने निर्णय गरिएको छ ।

हार्दिक शुभकामना !

सहिद सप्ताह मनाउँदे र संगठन सुदृढ गर्दै अघि बढ्ने क्रममा केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज दीपक शाही र भरत रेग्मीको आतिथ्यतामा भेला तथा सहिद सप्ताह मनाइएका छन् । वर्तमान दलाल तथा संसदीय व्यवस्थाले जनताको सेवा नगर्ने भएकाले विद्रोहो विकल्प नरहेको बताउँदै अतिथिहरुले सबै जनविद्रोहका लागि तयारीमा जुट्न पर्ने कुरामा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर