कपिलवस्तुको बहादुरगञ्ज र चन्द्रौटामा नारा जुलुससहित भव्यरुपमा सभा सम्पन्न

कपिलवस्तुको बहादुरगञ्ज र चन्द्रौटामा नारा जुलुससहित भव्यरुपमा सभा सम्पन्न

कपिलवस्तु । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा सञ्चालित मेच–िमहाकाली अभियान अन्तर्गत आज कपिलवस्तुको बहादुरगञ्ज र चन्द्रौटामा नाराजुलुसहित भव्य रुपमा सभा सम्पन्न भएको छ ।

दुवै ठाउँको सभालाई प्रमुख वक्ताको रुपमा मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा ५ नंं प्रदेशका संयोजक केवी गुरुङले सम्बोधन गरेका थिए ।

बहादुरगञ्जको सभालाई विनय कुमारले समेत सम्बोधन गरेका थिए भने चन्द्रौटाको सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा कपिलवस्तु इन्चार्ज समीर केसी, मोर्चाका जिल्ला संयोजक ज्ञानीराम पुरी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
दुवै ठाउँको सभाको सञ्चालन क्रान्तिकारी माओवादीका जिल्ला सचिव आकाशले गरेका थिए । सभामा अभियान टोलीका प्रमुख परि थापा, पार्टी केसहरु शिशिर, चिन्तनराज लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो । दुवै सभामा स्थानीय जनसमुदायको समेत उल्लेख्य उपस्थिति रहेको हाम्रा सहकर्मीले बताए । उक्त अभियान टोली आज बेलुका तौलिहवामा बस्नेछ ।