ललितपुर । देशभक्त जनगणतान्त्रिक मोर्चा, ललितपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले इन्दिरा अधिकारीलाई जिल्लाको अध्यक्षमा निर्वाचित गरेको छ । बुधबार भएको मोर्चाको सम्मेलनले कमिटिको उपाध्यक्षमा रोशन, सचिवमा के के मल्ल, कोषाध्यक्षमा निशा राई, सहसचिवमा निरन तुलाधरलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा पुर्ण बहादुर सार्की (निर्मल), शुक्र, टिका तामाङग लगायत निर्वाचित भएका छन् ।

हार्दिक शुभकामना !


देजमोका केन्द्रीय सचिवालय सदस्य तथा ३ नं. प्रदेश संयोजक पवनमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनको अध्यक्षता इन्दिरा अधिकारीको रहेको थियो । प्रमुख अतिथि लगायत नेकपा (क्रान्तिकारी माओवादी)का भक्तपुर जिल्ला इन्चार्ज भरत बुर्जा, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, पार्टी जिल्ला सचिव दिपक, देजमो काठमाडौका कोषाध्यक्ष ढोग प्रसाद अधिकारी लगायतका नेताहरुले सम्मेलनमा मन्तव्य राखेका थिए ।
मोर्चाले ललितपुरमा चैत्र २४ मा हुन लागेको राष्ट्रिय सम्मेलनलाई लक्षित गरी संगठन निर्माण, वाल पेन्टिङ लगायतका कामलाई तीव्रता दिंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर