सिमरा । बाराका प्रमुख जिल्ला अधिकारीको स्कार्पियो जीप दुर्घटना हुँदा जीपमा सवार सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको घटनास्थलमै ज्यान गएको छ । जीपमा सवार बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको अवस्था चिन्ताजनक रहेको छ । अन्य घाइतेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल रहेको प्रहरीले जनाएको छ ।

हार्दिक शुभकामना !

प्रहरी स्रोतका अनुसार कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जीप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको हो । ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएर दुर्घटना हुन पुगेको थियो ।

दुर्घटनामा ज्यान गुमाएका एसपी पोखरेलको शव अल्पाइन अस्पताल सिमरामा राखिएको छ भने प्रजिअ भट्टराईसहित घाइतेहरुको उपचारको लागि विरगंज लगिएको छ । प्रजिअ भट्टराईको भने थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ । थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर