
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनले आफ्नो संगठनलाई देशैभरि चलायमान बनाउने भएको छ ।
पार्टी कार्यालय बुद्धनगरमा बसेको केन्द्रीय समिति बैठकले सम्बन्धित प्रदेश, जिल्ला र इकाई स्तरसम्मका पार्टी कमिटिसँग समन्वय गरेर अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन निर्माणमा तीब्रता दिने निर्णय गरेको छ ।

बैठकले संगठनका केन्द्रीय उपाध्यक्ष तर्क बहादुर थापा(मगर)को निधनपछि खाली रहेको उपाध्यक्ष पदमा उपाध्यक्षमा टंकराम अधिकारीलाई चयन गरेको गरेको छ भने १ नं प्रदेश संयोजकमा उमानाथ ढकाललाई चयन गरिएको छ ।
प्रकाशन बिभाग प्रमुखमा विष्णु आलेलाई जिम्मेवारी दिइएको छ भने आर्थिकमा अम्बर थापालाई चयन गरिएको छ । बैठ्कमा कम्तिमा तीनपटक उपस्थित नहुने सदस्य सदस्यलाई निगरानीमा राख्ने वा हटाउने, लेबीलाई पारदर्शी बनाउने र संगठन गतिविधिमा सक्रियता ल्याउने लगायत प्रस्ताब पारित गरेको छ ।
बैठकले विधान अनुसार ०७६ चैत्रमा राष्ट्रिय सम्मेलन गरी नयाँ नेतृत्व चयन गर्ने निर्णय समेत गरेको छ ।
क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा संगठनका फ्र्याक्सन इन्चार्ज प्रतीकको विशेष उपस्थिति रहेको बैठकको अध्यक्षता तथा सञ्चालन संगठनका अध्यक्ष विजय रत्न बज्राचार्यले गरेका थिए ।





























