काठमाडौं । पूर्व ब्रिटिश गोर्खाहरुको संगठन बिगेसोको वैचारिक सांस्कृतिक कार्यक्रम आज शुक्रवार काठमाडौंको कममलादीस्थित राष्ट्रिय प्रज्ञाप्रतिष्ठानमा दिउँसो १.०० बजेदेखि भव्य रुपमा सम्पन्न हुन गइरहेको छ । विगेसोले लामो तयारी पश्चात् आजको वैचारिक सांस्कृतिक कार्यक्रम तय गरेको हो । संगठनका विचार तथा कार्यक्रमहरुलाई सांस्कृतिक सौगातका रुपमा आज दर्शक माझ पस्कने भएको छ ।

हार्दिक शुभकामना !

कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिका साथै उनीहरुको कलात्मक प्रस्ततुती पनि रहने छ ।  सांस्कृतिक कार्यक्रमको संयोजक मनु नेम्वाङका अनुसार आज बिगेसोका लागि ऐतिहासिक दिन भएको छ ।

कार्यक्रममा गीत गायन, नाटक तथा प्रशिक्षण मन्तव्य पनि समावेश गरिएको छ । गीतहरुले गोर्खा ब्रिटिशको वीरतापूर्ण गाथा र पीडाहरुलाई अभिव्यक्त गर्ने छन् भने प्रस्तुत गरिने नाटकले ब्रिटिश गार्खाका पीडा र बहादुरीका पृष्ठभूमि, यिनका विषयवस्तु, सन्देश, बिम्बहरु आदि प्रस्तुत गर्ने छ ।

आजको वैचारिक सांस्कृतिक कार्यक्रम आफैमा कला कलाका लागि मात्र नभएर कला आन्दोलन र सन्देशका लागि हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर