काठमाडौं । नेवा राष्ट्रिय मुक्ति मोर्चा काठमाडौंले नेवारहरुको भूमि अतिक्रमण र थिचोमिचोका विरुद्ध आज शुक्रवार विरोध प्रदर्शन गर्ने भएको छ । असनबाट छायाँदेवी कम्प्लेक्स हुँदै फेरि असनमा फर्किएर कोण सभामा परिणत हुने उक्त विरोध प्रदर्शन कार्यक्रम आज दिउँसो २.३० बजेबाट सुरु गरिने भएको मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठद्वारा जानकारी गराइएको छ ।

‘नेवा आदिभूमिमाथिको अतिक्रमण बन्द गर, नेवा राज्य घोषणा गर’ मूल नारासहित विरोध प्रदर्शन गरिने भएको छ । मोर्चा संगठनको अगुवाइमा नेवा जातिको आदिभूमिको संरक्षण र विकासका लागि संगठित रुपमा उठाइएका विरोधहरुमा शायद यो प्रदर्शन नै बढी सशक्त र प्रभावकारी हुने बताइएको छ । विरोध प्रदर्शनमा सबै सम्बन्धित पक्ष, शुभचिन्तक तथा समर्थकहरुलाई सहभागिताका लागि हार्दिक आमन्त्रण पनि गरिएको छ ।

हार्दिक शुभकामना !

विरोध प्रदर्शनपछि कोणसभालाई मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ तथा नेवा अगुवा नेता महेशमान श्रेष्ठले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर