काठमाडौं । राजनीतिक विश्लेषकहरुले प्रधानमन्त्री केपी ओलीको दिमागमा भ्युटावर ठडिनुपर्ने बताएका छन् । ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्युटावर निर्माण गरिने कुरा प्रकाशमा आएपछि उनीहरुले यस्तो प्रतिक्रिया दिन थालेका हुन् । ओलीको आफ्नै निर्वाचन क्षेत्रमा निर्माण गर्न थालिएको व्यवसायिक कम्प्लेक्ससहितको ‘भ्यु टावर’ लाई सारेर राजनीतिक व्यवसायिक भ्युटावर ओलीकै दिमागमा ठड्याइएमा उनको पनि र नेपालीहरुको पनि हित हुने विश्लेषहरुको ठम्याइ छ ।

हार्दिक शुभकामना !

तर अहिले भने झापामा निर्माण गरिने भनिएको भौतिक भ्युटावरको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको र त्यसका लागि दुई अर्ब ५० करोड रुपैयाँ लगानी गरिने भएको छ । तर यस्ता टावर निर्माण, रेल तथा पानी जहाजका कुराहरुले सर्वसाधरण नेपालीहरुलाई होइन, दलाल तथा बिचौलियाहरुलाई मात्र फाइदा पुग्ने भएकाले उनको भ्युटावर निर्माणले स्थानीय जनतासम्म खुशी देखिएका छैनन् । प्रम ओली आजभोलि बिचौलिया व्यापारी, विदेशी, दलाल तथा नाफाखोरहरुका एजेण्डाहरुलाई लिएर समृद्धि र विकासको वकालत गर्नमा व्यस्त देखिएका छन् ।

झापामा निर्माण गरिने उक्त १८ तले भवनले न त जनताको समस्या समाधान हुन्छ, न त स्थानीय वृत्तिविकास नै । त्यहाँ मुनाफाखोर, व्यापारी र कर्पोरेट अफिसहरु रहने छन् । महंगा व्यावसायिक पसल, सेमिनार तथा प्रदर्शनी हल, मल्टिप्लेक्स आदि विदेशी व्यवसाय फस्टाउनेहरुका लागि मात्र त्यो उपयुक्त रहने छ । यसका लागि सरकारी कमिसन बाहेक प्रम ओलीले खर्बौ रुपैया लगानी गर्न विदेशीहरुलाई पनि आकर्षित गरिने आन्तरिक योजना बनाएको उनी निकटहरुले बताउने गरेका छन् । यसबाट ओली र नेकपालाई अर्को चुनावका लागि खर्चको जोहो गरिने बताइएको छ ।

यसरी राजनीतिक पहुँचका आधारमा नचाहिने ठाउँमा खर्च गर्दै वैदेशिक ऋणभार बोकाएर ओलीले के गर्न खोजेका हुन् भन्ने प्रश्न सामान्य जनतामा पनि उठेको छ । कर्मचारी तथा व्यवसायीहरु पनि ओलीको निर्वाचन क्षेत्रमा निर्माण गरिन लागेको भ्युटावरमा न त कल्पना गरिए अनुसारको व्यापार चल्ने न त जनताले सुविधा पाउने हुने छ भनि प्रतिक्रिया दिइरहेका छन् । उनीहरु पनि आफै त सम्म परेको मैदान त्यसमा के हेर्नु छ र भ्युटावर चाहियो भनी टिप्पणी गरिरहेका छन् ।

सबैको चाहना छ देश डुब्न लागेका बेलामा र जनतामा आशा मरिरहेको यो समयमा सिंगो देशलाई हेर्न, बुझ्न र संबोधन गर्नका लागि ओलीको दिमागमा बौद्धिक भ्युटावर खडा गरिनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर