काठमाडौंको रातोपुलमा गोली चल्यो

प्रकाशित मिति : २०७५ मंसिर २१

काठमाडौं । प्रहरीले काठमाडौंको रातोपुलमा एक एक अभियुक्त पक्राउ गर्ने क्रममा गोली चलाएको छ ।

डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गोली चलाउँदा राजनको खुट्टामा गोली लागेको छ ।

प्रहरीका अनुसार लिम्बूलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको दाबी गरेको छ । उनी पनि हतियारसहित उपस्थित भएको महाशाखाले जनाएको छ । उनको साथबाट चाइनिज पेस्तोल र चार राउण्ड गोली भेटिएको प्रहरीको दाबी छ ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले गराएको जानकारी अनुसार लिम्बुले पछिल्लो समय इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरका सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए । उनले यसअघि ६ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । थप अनुसन्धान जारी रहेको उनको भनाइ छ ।