काठमाडौं । तत्कालीन माओवादीका जनमुक्ति सेनाले गृहमन्त्री रामबहादुर थापाकै अघि विष सेवन गरेका छन् । थापालाई भेट्न गृहमन्त्रालय पुगेका पूव जनमुक्ति सेनाका सदस्य दुर्गाप्रसाद भट्टराईले गृहमन्त्रीकै अघि किटाणु मार्ने विष सेवन गरेका हुन् ।
आफूहरुमाथि अन्याय भएको भन्दै उनले गृहमन्त्रीसँगको कुराकानीकै क्रममा विष सेवन गरेका हुन् । विष सेवन गरेका उनलाई उपचारका लागि वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।