ट्रम्पमाथि एकल जातिवादी भएको आरोप

प्रकाशित मिति : २०७५ कार्तिक २१

काठमाडौं । मत गणना भइराखेको अमेरिकाको संसदीय निर्वाचनको यसपालाको बहसमा भने अमेरिकी राष्ट्रपति ट्रम्प एकल अमेरिकी जतिवादी भएको आरोपमा ननिकै रुमलिन पुगेका छन् । आप्रवासीहरुप्रति निकै कडा नीति अबलम्बन गर्दै आएका ट्रम्पलाई एकातिरबाट एकल अमेरिकी जातिवादी भएको आरोप लगाइएको छ भने अर्कोतिर उनलाई यहुदीरुले श्वेतहरुको देशका रुपमा अमेरिकालाई घोषणा गर्न दबाब दिइरहेका छन् ।

राजनीतिक रुपमा सशक्त प्रतिपक्षका हिसाबले चुनावमा उत्रिएका डेमोक्य्राट नेताहरु बराक ओबामा र हिलरी क्लिन्टनले पनि सांकेतिक रुपमा ट्रम्पको सोच र गन्तव्य त्यतैतिर रहेको बताएका छन् । उनीहरुका अनुसार यदि यसो भयो भने अमरिका विभाजित हुनसक्ने संभावनालाई ककसैले रोक्न सक्ने छैन ।

विश्वमा अहिलेसम्म यदि कुनै देश छ भने सबैलाई पचाउने, अटाउने र एकताबद्ध गराउने देश अमेरिका र यस देशका शासक अमेरिकीहरु मात्र छन् भन्ने धारणा उनीहरुले फैलाउँदै आएका थिए । त्यसैले अमेकालाई ‘मेल्टिङ पट’ अर्थात् निश्चित आकार र रुप नभएको र परिवर्तित हुँदै आएको एकताबद्ध समाजका रुपमा चित्रित गरिइँदै आएको थियो ।

हालका दिनहरुमा अमेरिकी राष्ट्रियताका कुरा राष्ट्रपति ट्रम्पबाट बढीआउन थालेपछि त्यहाँ रहेका पूर्व राष्ट्रपति ओवामालगायतका सबैले असुरक्षा महशुष गर्न थालेका छन् । श्वेतहरुको राज्य र अमेरिकी मूलका श्रेष्ठ मानिसहरु र आप्रवासीहरु दोस्रो दर्जाका रुपमा ट्रम्प प्रशासनद्वारा व्यवहार गरिइन थालेपछि अमेरिका क्रमशः विभाजित हुँदै गइरहेको आभाष त्यहाँका जनताहलले गर्न थालेका छन् ।

धेरैको कामना त योसम्म पनि छ कि ट्रम्पले संरक्षणवादी नीति लिंदै गर्दा उनी अन्धराष्ट्रवादी जातीयतावादसम्म नपुगून् ।