काठमाडौं । नेकपामा झिंगे दाउँ थाप्नेहरुको केही पनि नलाग्ने बताउँदै आएका दाहालको चास्नीमा ती झिंगे दाउँ थाप्नेहरु झपाझप पर्न थालेपछि नेकपा पार्टी भित्र सल्किएको अन्तररिोधहरु आगो साम्य हुने विश्वासमा दाहाल पुग्न थालेको बताइएको छ । नेकपाको पार्टी एकीकरणको संक्रमण काल लम्बिइरहेको अवस्थामा लबी बनाउने, अन्तरविरोध चर्काउने र फाटो ल्याउने कार्यमा सक्रिय रहँदै आएहरुलाई ‘झिंगे’ र उनीहरुले गरे कार्यहरुलाई ‘झिंगे दाउँ’ भन्ने गरेका दाहाल ती सबै आफुले तयार पारेको चास्नीमा डुब्नै आउने आशा पनि खुुलेर व्यक्त गरेका छन् ।

हार्दिक शुभकामना !

पार्टी एकतामा आशंका गर्नेहरुका खेल खेल्ने दिनहरु अब धेरै दिन नटिक्ने र यो छिट्टै समाधान भएर जाने आश्वासन दिंदै दाहालले सरकार पनि तिब्रतामा अघि बढ्ने बताएका छन् । एक चियापान समारोहलाई संबोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् । उनले सांकेतिक रुपमा अहिले सम्मको पार्टी भित्रको अवस्था वर्षाको बेलाको जस्तो भएको, पानी परिरहने, पहिरो गइरहने, खाल्डाखुल्डी परिरहने, चिप्लो भएको र पार्टीको गाडीलाई एक नम्बरको गेयरमा राखेर चलाउनु पर्ने अवस्था रहेको बताउँदै अब भने वर्षा सकिएको र पार्टीको गाडीलाई ३ या आवश्यकता अनुसार ४ नम्बरको गेयरमा राखेर तीब्र वेगमा गुडाइने बताएका छन् ।

झिंगे दाउँ थापेर बस्ने यी हेसियत विहीन झिंगाहरुको धेरै चलखेल नचल्ने पनि उनको विश्वास रहेको छ । सरकार प्रम ओलीले चलाउने र पार्टी आफूले हाँक्ने भन्ने कुराको संकेत गर्दै दाहालले पार्टी अब निकै बेगमा हुँइकिने पनि बताएका छन् । यसबाट ओली–दाहालको बलियो गठबन्धन बनेको र यसले माधव–नारायणकाजीको गठबन्धनलाई झिंगेको संज्ञा दिएको प्रस्ट संकेत गर्दछ ।

नेकपामा लामो समयदेखि एकताको प्रक्रिया टुंगोमा पुग्न सकेको छैन । केन्द्रका नेताहरु र त्यसमा पनि दुईजना अध्यक्ष मात्र मिलेका र केन्द्रीय समितिकै कतिपय नेताहरु पनि नमिलेका भन्ने आवाज बाहिर आइरहेका बेला सरकारको निकम्मापनको जनस्तरमै आलोचना हुन थालेपछि दाहाल आफ्नै सहयात्रीहरुलाई झिंगेको संज्ञा दिंदै उनीहरुको गतिविधि लाई झिंगेदाउँ करार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर