काठमाडौं । महानगरीय ट्राफिक महाशाखाका अनुसार काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । विगत चार दिनको अवधिमा धेरै यात्रु बाहिरिएका हुन् ।
स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौं आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण बुधबार पनि काठमाडौँबाट बाहिरिँदै गरेको महाशाखाले जनाएको छ । दशैभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने अनुमान गरिएको छ ।
काठमाडौँबाट धेरै मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन् ।