“केही तन्नेरीहरु तीन जनसिद्धान्त वा माक्र्सवादप्रति आफ्नो विश्वास छ भन्ने कुरा खुब बढाई चढाई सुनाउने गर्छन्, तर यस्तो गफले कुनै पनि कुरा सिद्ध गर्दैन । हिटलर “समाजवाद”प्रति विश्वास छ भन्ने कुरा गर्दैन र ? बीसवर्ष मुसोलिनी पनि “समाजवादी” थियो । अनि उनीहरुको समाजवादीको अर्थ के हो त ? यसको अर्थ हो फासिष्टवाद । एकताका छन् तु–श्यू माक्र्सवादमा “विश्वास” गर्दैन थियो र ? पछि उसले के ग¥यो ? उ प्रतिक्रान्तितिर लाग्यो । चाङक्व थाओ माक्र्सवादमा “विश्वास” गर्दैन थियो र ? अचेल उ कहाँ छ त ? उ भागेर रछ्यानमा गाडिएको छ । केही मानिसहरु आफूलाई “तीन जनसिद्धान्त” का अनुयायी वा अझ यी सिद्धान्तहरुका पुराना कट्टर समर्थक ठान्दछन् । तर तिनले के गरेका छन् त ? वास्तवमा तिनको राष्ट्रवादको साँचो अर्थ हो साम्राज्यवादीहरुसँग साँठगाँठ गर्नु, तिनको जनवादको साँचो अर्थ हो साधारण जनतामाथि थिचोमिचो गर्नु र तिनको जनजीविकाको सिद्धान्तको साँचो अर्थ हो जनताको रगत चुस्नु । ….. म के आशा गर्छु भने हाम्रो देशका युवाहरु यस अपराधपूर्ण विरोधी धारतिर बहकिने छैनन्, बरु यसको सट्टा मजदुर र किसानहरुलाई आफ्ना साथीसरह ठान्दै उज्यालो भविष्यतिर लम्कने छन् ।” –माओ, चुनिएका रचनाहरु नेपाली संस्करण भाग–२ पृष्ठ २१७
१. विषय प्रवेश
आजभन्दा करिब ७९ वर्ष अघि माओद्वारा ४ मई १९३९ मा रचित “युवा आन्दोलनको दिशा” शीर्षकको रचना यतिबेला हाम्रो देशका सन्दर्भमा, यहाँका शासकहरुका सन्दर्भमा, यहाँका नक्कली “कम्युनिस्टहरु” सन्दर्भमा त्यति नै मिल्दो विश्लेषण र क्रान्तिकारी युवाहरुका निमित्त मार्ग दर्शक छन् । उक्त लेखको अंश पढ्दा माओले हाम्रै देशका निमित्त लेखेर जानु भएझै लाग्छ । त्यसैले विगतदेखि वर्तमानसम्म आईपुग्दा नेपालको राष्ट्रिय राजनीतिक इतिहासमा परिवर्तनका पक्षधर, देशभक्त युवाहरुको भूमिका कस्तो रह्यो र अगामी दिनमा अझै कति गर्न बाँकी छ भन्ने कुराको लेखाजोखा गर्न आवश्यक छ । कम्युनिस्टको खोल ओढेर प्रतिक्रियावादमा पतन भएका गद्दारहरुको यतिबेलाको शासनकालमा आम नेपाली जनता उत्पीडन र दमनको चर्को शासन व्यहोरिरहेको अवस्थामा समेत चाहे राष्ट्रियताको लडाई होस् चाहे जनतन्त्र र जनजीविकाको सवालमा होस् क्रान्तिकारी युवाहरुको एउटा पंक्तिले सामाजिक सञ्जालमार्फत् व्यापक भण्डाफोर मात्र होइन आफ्नै रचनात्मक फर्मुलामार्फत् विरोध गर्ने काम सशक्त रुपमा गरिरहेका छन् ।
हामीले इतिहासमा के देखेका छौं भने माओले जतिबेला युवाहरुलाई आव्हान गरेर उक्त रचना गर्नु भएको १० वर्षको अन्तरालमा त्यहाँका युवाहरुले सामन्तवादको शासन सत्ता पल्टाईदिएर साम्राज्यवादलाई धुलो चटाए । जनताको जनवादी सत्ता स्थापना गर्न सफल भए । यसको कारण थियो माओका उक्त मार्गदर्शक सिद्धान्तलाई दरोसँग आत्मसाथ गर्नुका साथै सिद्धान्तलाई व्यवहारमा मिलाउनु । त्यसैले यतिबेला मालेमावादका मार्गदर्शक सिद्धान्तको गहिरो अध्ययन गर्नु, त्यसलाई आत्मसाथ गर्नु र श्रृजनशील भएर त्यसलाई व्यवहारमा उतार्ने आँट र हिम्मत गर्नु आजका नेपाली युवाहरुको मुख्य कर्तव्य हो । त्यसका लागि हाम्रो आफ्नै इतिहासलाई केलाएर हेर्न आवश्यक छ । किनकि देश र जनताका लागि समानता र मुक्तिका लागि नेपाली युवाहरुले के के गरे ? भविष्यमा गर्न बाँकी के छ ?
२. प्रारम्भदेखि राणाकालसम्म
सर्वहारावर्गका महान् गुरुहरु माक्र्स तथा एंगेल्सले मानव जातिको उत्पत्ति र त्यसले विकास गरेका प्रक्रियाहरु मुताविक नेपालमा आदिम साम्यवादी समाज तथा दाशकालीन समाजसंग ठ्याक्कै मिल्दा र उदाहरणयोग्य लिखित इतिहास त हामी पाउँदैनौ तर कतिपय स्थान र अवस्थामा आदिम साम्यवादी समाजका पनि र दाशकालीन समाजसँग मेल खानेप्रकारका कतिपय उदाहरण भने हामी पाउँछौं । मुख्य गरी जब समाजमा शोषण, दमन र उत्पीडनका प्रकृयाहरु स्वयम् शासन सत्तामा बसेकाहरुले र सत्ताका आडमा समाजका एकाथरि मानिसहरुलाई शोषण, दमन र उत्पीडन गर्ने प्रक्रियाको सुरुवात भएदेखि नै समाजका एकाथरि मानिसहरु मुख्यत युवाहरुले कुनै न कुनै तवरबाट सशक्तरुपमा विरोध गर्दै, संघर्ष गर्दै आएको इतिहास हाम्रा सामु छ । नेपाली समाजका तत्कालीन चेतनाको स्तरअनुरुप संघर्षका रुपहरु तय भएको पाइन्छ । कतिपय आन्दोलनहरु धार्मिक आडमा अगाडि बढेको पनि हामी पाउँछौं ।
साम्राज्यवादी ब्रिटिशले भारतमा आएर उपनिवेश कायम गरेको र नेपाललाई उपनिवेश बनाउन नेपालका विभिन्न नाकाबाट सैन्य हस्तक्षेप बढाउँदा सच्चा देशभक्त युवाहरुले भूटेको मकै र पानी खाएर लडेका थिए । पुरुष युवा मात्र होइन महिलाहरुले समेत पिठ्यूमा बच्चा बोकेर लडेको इतिहास हाम्रा सामू साँक्षी छ । युवा युवतीहरु आफ्नो जीवनको प्रवाह नगरी आफ्नो देशको रक्षाका खातिर लड्दालड्दै सामन्ती राजतन्त्रले घुँडा टेकेर सुगौली सन्धि ग¥यो र नेपाललाई उपनिवेश बनाउने बाटो खोल्यो । दलाल चरित्रको अभ्यासको पहिलो सुरुवात भयो । यद्यपि उक्त नीतिको पनि स्वाभिमानी देश भक्तहरुले विरोध गरिरहे । सामन्ती राजतन्त्र मात्र होइन राजतन्त्रको छत्रछायाँमा गठन भएको राणाहरुको सरकार झनै दलाल बन्दै गएको कैयौं दृष्यान्त हाम्रा सामू ताजै छ ।
(ख) बेलायती साम्राज्यवादले एकातिर सेना पठाएर विभिन्न नाकाबाट आक्रमण गर्ने अर्कोतिर सामन्तवादका प्रतिनिधि राजतन्त्रका विचको दरवावरीमा झगडाबाट फाइदा उठाउँदै आफ्ना दलाल जंगबहादुर राणालाई अधिकार सम्पन्न गराउन आजभन्दा १७१ वर्ष ९ महिना अगाडि वि.सं. १९०३ आश्विनमा (सन् १८४६ सेप्टेम्बर १५) का दिन सायद वेलायती साम्राज्यवाद विरोधीका रुपमा देखिएका युवाहरुलाई कत्लेआम गर्ने कोतपर्व जस्तो घटना घटाएर जंगबहादुरको उदय भएको थियो । जसले १०४ वर्षसम्म अत्यन्तै काहाली लाग्दो राणाहरुको शासन ग¥यो ।
त्यस अवधिमा युवाहरुले कहिले धार्मिक आडमा त कहिले राजनीतिक पार्टी गठन गरेर, कहिले साहित्य रचना मार्फत साम्राज्यवाद, विस्तारवादका विरुद्धको आन्दोलनसँग सँगै साम्राज्यवाद र विस्तारवादका दलाल पाल्तु कुकुरहरु जसले नेपालको राज्य सत्ता हातमा लिएर राष्ट्र, राष्ट्रियता कमजोर बनाउनेदेखि जनतामाथि शोषण, दमन, अन्याय र अत्याचार थोपर्ने राणाहरुको शासन होस या शाही शासनका विरुद्ध संघर्षहरु गर्दै आए । कैयौ होनाहार युवाहरुले आफ्नो जीवनको आहुती दिए । वर्षौ वर्ष जेल जीवन विताएर पनि खबरदारी गरी रहे ।
राज्य सत्ताको संरचना कस्तो हुन पर्छ र कुन वर्गका हातमा राज्य सत्ता आउन पर्छ भन्नेमा फरक–फरक विचार वा धारणा भएता पनि साम्राज्यवाद, विस्तारवादको थिचोमिचो र नितका दलालहरुको निरकुंश शासनको अन्त्य कसरी गर्ने भन्नेमा समान धारणा जस्तै थियो । जसले गर्दा वि.स. १९३३ साल (सन् १८७६) मा गोर्खाका युवक लखन थापाको नेतृत्वमा भएको विद्रोह । वि.स. १९७१ साल (सन् १९१४) मा रामेछापका कृष्णलाल अधिकारीद्वारा रचित “मकैको खेती” नामक पुस्तक । वि.स. १९७८ साल (सन् १९२१) मा देहरादुनमा गठन भएको “गोर्खालिग” । वि.स. १९८७ साल (सन् १९३०) मा गठित “प्रचण्ड गोर्खा” नामको राजनीतिक पार्टी । वि.स. १९९३ साल (सन् १९३६)मा काठमाडौंमा गठन भएको “नागरिक अधिकार समिति” । वि.स. १९९७ साल (सन् १९४०) मा गठित “प्रजापरिषद” नामको पार्टी । वि.स. २००३ साल (सन् १९४६) मा गठन भएको “नेपाल राष्ट्रिय कांग्रेस” पार्टी । वि.स. २००६ साल (सन् १९४६) मा गठीत नेपाल कम्युनिस्ट पार्टी । वास्तवमा वस्तुगत आवश्यकता र मानव चेतनाको उपज थिए । त्यसमा मुख्यत नेपाल कम्युनिस्ट पार्टीको स्थापना उच्च चेतनाको रुपमा आएको थियो ।
लखन थापाको नेतृत्वमा सुरु भएको संघर्ष कृष्णलाल अधिकारी हुँदै नागरिक अधिकार मञ्चको नेतृत्वमा, प्रजा परिषदको नेतृत्वको संघर्षसम्म आई देश र जनताका निमित्त केही गरौ भन्ने युवाहरुलाई साम्राज्यवाद, विस्तारवादको कठ पुतली राणाहरुको सरकार सामन्तवादी राजाहरुको सत्ताले व्यापक मात्रमा दमन गरे चर्को मात्रना दिए, गिरफ्तार गरेर जेलमा राखे र हत्या गरे । तर पनि आन्दोलन रोकिएन बर सशक्त र सशस्त्र रुपमा अगाडि बढो खास गरी नेपाली राष्ट्रिय कांगे्रसको गठन र त्यसले ल्याएको नीति, योजना र कार्यक्रम राणाहरुको सरकार सँग, मुख्यत सामन्तवादको नायक राजतन्त्रसँग सम्झौता गर्ने नीतिमा जोड रहेका कारण नेपालमा सर्वहारा वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेर आफ्नो वर्गीय पक्षधरता र सर्वहारा वर्गीय सत्ताको स्पष्ट खाका तयार हुनुले मुख्यतः किसान र मजदुर वर्गमा छुट्टै उत्साह पैदा भयो । विराटनगर जुट मिलबाट सुरु भएको आन्दोलनले अन्तत आफैले निर्माण गरेको टयाक्टरालाई ढाल बनाएर राणा शासनका विरुद्ध गोला र वारुद्ध समेत प्रयोग गरेर शसस्त्र रुपमा सहकया निस्केका थिए । यद्यपी कम्युनिस्ट पार्टीले आफ्नो संगठन विस्तार देशव्यापी बनाउन नसकिरहेको अवस्थामा आन्दोलनलाई निर्णायक तहमा पु¥याउन आत्मगत अवस्था कमजोर भएका कारण सम्भव भएन तर बुझ्न पर्ने मुख्य कुरा के हो भने कतिबुढा देखि कम्युनिस्ट पार्टी गठनसम्म र प्रत्येक आन्दोलनको नेतृत्व गर्ने सबै युवाहरु नै थिए । देश र जनताको पूर्ण मुक्ति हुन नसकेता पनि राणाहरुको जहानियाँ शासन अन्तत समाप्त भयो । नेतृत्व मात्र होइन संघर्षमा लामबद्ध हुनेहरु युवाहरु नै थिए भन्ने कुराको इतिहास कसैले पनि छोप्न सकैन ।
३. २००७ साल–०५२ सम्म
(क) २००७ सालको आन्दोलनले राणाहरुको निरकुंश सरकारलाई त ढाल्यो तर समान्ती राजतन्त्रात्मक सत्ता झनै बलियो र सवल वन्दै जाने आधार तयार ग¥यो सरकारमा विस्तारवादका दलालहरुको हालिमुहाली बन्यो । जस्ले गर्दा २००७ साल (सन् १९५०) मा भारत संग एउटा खतरनाक सन्धि भयो । सुगौली सन्धि पश्चात भएको सबै भन्दा राष्ट्रघाती सन्धि थियो त्यो । आज त्यसैमा टेकेर विस्तारवादले स्वाभिमानी नेपालीहरुलाई गुलाम बनाई रहेको छ र राष्ट्रिय स्वाधिनता प्राय समाप्त गर्दै भएको छ । तर सचेत युवा विद्यार्थीहरुले आफ्नो आन्दोलनलाई जारी गरी राखे । राष्ट्रियता र जनअधिकारको लडाई मुख्यत राष्ट्रियताको लडाईमा चिनियाँकाजी जस्ता महान् व्यक्तिलाई हनुमान ढोकामा आम सभा झै राख्दा विस्तारवादको दलाल संसदीय सरकारले गोली चलायो र हत्या ग¥यो । संसदीय व्यवस्था कति फाँसिवादी हुन्छ भन्ने उदाहरण हामीले देख्यौ । तर पनि आन्दोलन अगाडि बढ्दै जाने क्रममा त थियो नै । जो आमूल परिवर्तन चाहन्थे । तर भैदियो के भने सामन्ती राजा आफैमा सुदृढ बन्दै जानु, संसदीय पार्टीहरुमा अन्तर कलह बढ्दै जानुले सामन्ती राजाले विस्तारवादसँग घुँडा टेक्यो र निर्वाचित संसदीय सरकारलाई अपदस्त गरेर पञ्चायती व्यवस्थाका नाममा राजाको कठपुतली सरकार बनाएर ३० वर्षसम्म राजाले एकछत्र राज ग¥यो । यस अवधिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्राप्तिका लागि कैयौं युवाहरुले संघर्षमा भाग लिए । त्याग, वीरता र बलिदान गरे । दर्जनौं युवाहरुलाई राज्यले बेपत्तासमेत बनायो ।
(ख) बारा, पर्सा, रौतहट, मोरङदेखि कैलाली कञ्चनपुरसम्मका किसान आन्दोलनहरु सामान्य किसान आन्दोलन हुँदै सशस्त्र किसान आन्दोलनको तहमा उठेको थियो । ओखलढुंगा, झापा, धनकुटाको छिन्ताङ, चितवनको जुगेडी, जुटपानी, सिन्धुपाल्चोकको पिस्कर, काठमाडौंको सेक्टर कारबाही, लमजुङको पूर्तिबाट लगायत अन्य कैयौं विद्यार्थी युवाहरुको आन्दोलन अत्यन्तै जुझारु आन्दोलनहरु थिए । कांग्रेस दलाल छँदै थियो । स्वयं आमूल परिवर्तनको वाहक कम्युनिष्ट पार्टीभित्र समेत साम्राज्यवाद, सामन्तवाद र संशोधनवादको समेत जबर्जस्त घुसपैठका कारण या त पार्टीले आफ्ना मार्गदर्शकलाई छाडेर कम्युनिष्टको नाम देखाएर प्रतिक्रियावादको सेवा गर्न सिकायो या त पार्टीलाई फुटाएर कमजोर बनायो । दुवै हत्कण्डाहरु उनीहरुले प्रयोग गरे । जसले गर्दा विविध स्थानमा जुझारु युवाहरुले उठाएको आन्दोलन निष्कर्षमा पुग्न सकेन । समग्रमा भन्नुपर्दा क्रान्तिकारी शक्ति कमजोर बन्न पुग्यो । तर पनि सयौ युवाहरुले आफ्नो प्राणको आहूति दिन पछि परेनन् । संख्यात्मक दृष्टिले कमजोर भएर पनि मालेमावादको विचार, आदर्श, सर्वहारावर्ग, राष्ट्रिय स्वाधीनताप्रति झनै स्पातिलो भएर अगाडि बढ्न युवाहरुलाई महत्वपूर्ण तबरबाट उत्साही भने बनाएकै थियो ।
ग) जभाmरु प्रकारका किसान आन्दोलन होउन या विद्यार्थी आन्दोलन होउन, युवा आन्दोलन होउन या अन्य कुनै आन्दोलन होउन । ती सबै आन्दोलनहरुमा युवाहरुको भूमिका नै महत्वपूर्णथियो । तत्कालिन सामन्ती सत्ता र उसको पंचायती व्यवस्थाले जनतालाई अधिकार होइन झनै दमन, धरपकड, हत्या, आतंक मच्चाउँदै अगाडि बढ्ने क्रममा ०२८ सालमा झापाका युवाहरुले एउटा जझारु संघर्षको सूरवात गरे । सामन्त, जालि, फटाहा सफाय अभियान । मालेमावादको वैचारिक दृष्टिकोणको अभावका कारण उक्त संघर्षले निरन्तरता पाउन त सकेन तर पनि त्याग, सहास, वीरता र बलिदानका दृष्टिले तत्कालिन अवस्थामा त्यो सहि नै थियो । तात्कालिन आन्दोलनका महान योद्धाहरुलाई समातेर हत्या ग¥यो भने कतिपयले तिनै महान् शहीदको छातिमा टेकेर आज तिनै सामन्त, दलाल, नोकरशाही, पुँजीपति वर्गको सेवा गरेर महान् योद्धाहरुको उपहास गरिरहेका छन् । तिनी दलाल, गद्दारहरका कारण उक्त आन्दोलनले निरन्तरता पाउन सकेन । तर पनि समाजमा व्यापत शोषण दमण, उत्पीडन, हत्या, जस्ता गतिविधिबाट आक्रान्त जनता त्यसबाट मुक्त हुन चाहन्थे र विविध प्रकारका संघर्ष भने जारी नै थिए ।
घ) तात्कालिन पाकिस्तानी सरकारका विरुद्ध संघर्ष गरिरहेका जुल्फीकर अलि झुट्टोको हत्याका विरुद्ध विरोध पत्र बुझाउन पाकिस्तानी एम्बेसी जाँदै गर्दा पंचायती सरकारले एकाएक दमन ग¥यो र सयौं युवा विद्यार्थीहरुलाई घाइते बनायो । जस्ले गर्दा ०३५–०३६ सालको विद्यार्थी आन्दोलनले चर्तित र स्थापित आन्दोलन एक प्रकारले दैनिकजसो जुझारु बन्दै गयो । राज्यले युवा विद्यार्थीहरुलाई दमन गरेरनै समाप्त बनाउने उद्देश्यले कैयौंलाई हत्या ग¥यो, कैयौंलाई घाइते बनायो र कैयौंलाई गिरफ्तार गरेर जेल हाल्यो तर आन्दोलन रोकिएन । बरु युवा विद्यार्थीहरुले आन्दोलन रोक्न चाहने दलालहरुलाई कालो मोसो दलेर ठेलागाडामा राखेर घुमाउने मात्र होइन, आन्दोलनलाई झनै जझाmरु बनाउन आर.एन.ए.सी., र गोरखापत्र जस्ता सत्ताद्वारा सञ्चालित तथा परिचालित अंगहरुमाथि सेवोटेज गरेर आफ्नो सहासको प्रदर्शन गरेका थिए । शान्तिपूर्ण आन्दोलनमाििथ दमनको आतंक मच्चाउने राज्यलाई एउटा सवक सिकाएका थिए । हतियार लिएर दमनमा आउने राज्यलाई हतियारकै, आवश्यकता पर्दछ भन्ने वैज्ञानिक नियमलाई त्यहाँ पनि दर्शाएका थिए ।
तर उक्त आन्दोलनमा पनि सर्वहारा वर्गको पार्टीको समग्र तयारी त्यसमा वैचाकिर, राजनीतिक, साँस्कृतिक र व्यवहारिक नेतृत्वको अझाव रहेको पाइयो । जस्ले गर्दा बहुदल वा निर्दल के चाहाना छ म निर्वाचन गराउँछु भनेर राज्यले घोषणा गर्नासाथ आन्दोलन अगाडि बढ्न सकेन । अन्ततः निर्वाचन नाटक मंचन त भयो तर पंचायतलाई जिताउने गरी निर्वाचन पछिको नजिता त्यही भयो– पंचायतको विजय ।
सुधारिएको पंचायतका नाममा जनतालाई जुन तबरबाट हत्या, दमन, शोषणका श्रृंखला बढ्दै जाने क्रममा जनताले मुख्यतः राजनीतिक पार्टीको नेतृत्वमा रहेका युवा विद्यार्थीहरुले खबरदारी गर्दै थिए । यसै क्रममा ०४६ सालको अन्ततिरबाट नेपाली कांग्रेसको वरिपरी गोलवन्द हुन पुगेका केही कम्युनिस्ट नामधारी पार्टीहरु केवल बहुदलको नारा दिएर त केही सच्चा कम्युनिस्ट पार्टीहरुले जस्ले जनवादी व्यवस्थाको नारा दिएर आन्दोलन अगाडि बढायो । आन्दोलनको क्रममा सयौं युवाहरुले आफ्नो जीवनको आहुती पनि दिए । आन्दोलन चर्कदै जाने क्रममा ०४६ साल चैत २४ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी वा समुहहरुको संयुक्त मोर्चाका रुपमा निर्मित “संयुक्त राष्ट्रिय जनआन्दोलन”ले आव्हान गरेको थियो र त्यसैदिन तात्कालिन नेकपा (मसाल)ले राजतन्त्रको अन्त्य गर्दै जनगणतन्त्रका स्थापना गर्न संघर्ष गरौं भन्ने नारा सहितको पर्चा विरतण गरेको थियो । जसले गर्दा क्रान्तिकारीहरुमा एक प्रकारको उत्साह थपिएको थियो र देश ठप्प मात्र होइन आम मानिस सडकमा नारा लगाउँदै संसदीय पार्टीहरुले खुल्ला मञ्चमा गर्न लागेको आम सभालाई ठाडै इन्कार गर्दै “विरे चोर देश छोड”का नारा लगाउँदै दरबार घेराहाल्न अगाडि बढेको थियो । सेनाले गोली हानेर एक दर्जन बढी युवाहरुको हत्या, सयांैको संख्यामा घाइते हुँदा पनि राजतन्त्रका विरुद्ध नारा लाग्न छोडेन ।
सामन्ती राजतन्त्रले सरकारका प्रतिनिधि बदलेर वा अन्य कुनै आश्वासन दिएर आन्दोलनलाई भाड्दै थिए । तर पनि जनता पछि हटेका थिएनन् ने.का. र वाम मोर्चालाई वार्तामा बोलायो, तब घँुडा टेकुवा नेताहरु आन्दोलनलाई सडकको पेटीमा थप्पकै छाडेर दरबारमा वार्ता गर्न जान र अन्ततः बहुदलका नाममा सम्झौता समेत गर्नुले एउटा त जनता विभाजित भए, अर्को त क्रान्तिकारीहरुको तयारीको अभावका कारण आन्दोलन अन्ततः तत्कालका लागि अगाडि बढ्न सकेन । पंचायतको अन्त्य बहुदलको स्थापनाले केही सुधारात्मक काम त ग¥यो तर सामन्तवादी राजतन्त्रात्मक राज्यसत्ता कायमै रह्यो ।
ङ) ०४७–०५२ सम्मको अवधि जनतामा केही समयसम्म भ्रमको अवस्था रह्यो । किन कि ३० वर्षसम्म पंचायतको शोषण, दमण र उत्पीडन भोगेका जनतालाई के लाग्यो भने अब त्यस्तो हुँदैन । संसदीय व्यवस्था र संसदीय राजनीतिक पार्टीहरुले जनताका समस्याहरुको समाधान गरिदिने छन् । राष्ट्रिय स्वाधिनताको रक्षा हुनेछ भनेर सोच्न पुगे । जनताले सोचे जस्तो सरल विषय थिएन । किनकी पहिलो कुरा संसद, संसदीय व्यवस्था र संसदीय पार्टीको विचार भनेको साम्राज्यवाद, पुँजीवाद, सामन्तवादको सेवा गर्ने विचार हो । जनतालार्य गुलिया नारा दिएर जनतालाई झनै बढी उत्पीडन गर्ने र सत्तामा बसिरहन साम्राज्यवाद, विस्तारवादसँग राष्ट्रियताको सौदाबाजी गर्ने हो । त्यसैले भयो त्यही । जनविरोधी संविधान बन्यो । महाकाली टनकपुर जस्ता देशका नदीनाला बेचिए, १८५ स्थानमा भारतले सीमाना मिच्दा कुनै प्रतिवादको कुरै छाडौं आफ्नो भूमिको रक्षाका खातिर सडकमा उत्रने जनताप्रति लाठी र गोलीको वर्षा गराइयो र अनिश शाक्य जस्ता बालकसम्मको हत्या गरियो । महंगी, तस्करी, भ्रष्टाचार, काला बजारी, कमिसन जस्ता कामलाई खुलेयाम र संस्थागत गर्ने प्रक्रियामा अगाडि बढ्यो । त्यसको विरोध गर्ने राजनीतिक पार्टी वा व्यक्तिहरुलाई लाठी, गोली वर्षाउने देखि जेलका छिडीमा लगेर यातना दिने गरियो । जसले गर्दा एकातिर जनता प्रष्ट हुँदै गइरहेका थिए भने अर्कोे मालेमावाद मार्गदर्शक सिद्धान्तलाई दरोसँग आत्मासाथ गर्ने एक मात्र क्रान्तिकारी पार्टी नेकपा (माओवादी)ले वर्ग संघर्ष अगाडि बढाउन राजनैतिक, वैचारिक, सांगठनिक र प्राविधिक तयारीलाई घनिभूत बनाउँदै थियो । त्यसमा पनि वैचारिक स्पष्टता सँगै उच्च मनोवलका साथ कार्यन्वयनमा जाने क्रान्तिकारी युवाहरुको आवश्यकता पूरा गर्ने काम तात्कालिन अवस्थामा वाई.सी.एल.मा आवद्ध युवाहरुले गर्दै थिए । क्रान्तिका लागि परिपक्व वस्तुगत अवस्थाको निर्माण सँगै परिपक्व तबरबाट आत्मगत अवस्था पनि तयार भएको थियो । उच्च मनोवल सँगै उच्च अनुशासन पनि कायम थियो ।
०५२ साल–०७४ सालसम्म
(क) माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक जगमा खडा भएको नेकपा (माओवादी) पार्टी र त्यसको मुख्य सांगठनिक भूमिकामा नभएता पनि वैचारिक पक्षको मुख्य भूमिकामा रहँदै क्रान्तिलाई मार्ग दर्शन गर्दै आउनु भएका परिपक्व नेता क. किरणसहितको टिम उर्जाशील युवाहरुको अनुशासित प्रतिवद्धता सँगै ०५२ साल फागुन १ गते महान् जनयुद्धको घोषणा हुन पुग्यो । जनयुद्धको तयारी गर्दै गर्दा एकजना जुझारु नेता क. रामवृक्ष यादवको हत्या गरेर क्रान्तिको भ्रुण हत्या गर्न प्रतिक्रियावादी सत्ता पछि परेन । तर रामवृक्ष जस्तो युवा नेताको हत्याले क्रान्तिमा झनै उर्जा थप्यो । रामवृक्ष यादवको बगेको रगतका कण–कणबाट हजारौं–हजार युवाहरु क्रान्तिमा हाम फाल्ने इच्छाशक्तिसहित क्रान्तिमा लामबद्ध हुन तयार भए । अखिल नेपाल युवक संघ, अखिल नेपाल युवा लिग जस्ता संगठनमा आबद्ध हुँदै योङ्ग कम्युनिस्ट लिग जस्तो जुझारु संगठनमा आबद्ध भएर दुश्मनका लाठी, गोला, बारुददेखि आधुनिक हतियारको सामना कसरी गर्ने भनेर अध्ययनलाई केन्द्रीत गर्दै लगे । विश्वमा भएका ठूला–ठूला युद्ध अभ्यास कसरी भएका थिए र सैन्य विज्ञहरुले युद्ध कलाको कसरी विकास गरेका थिए भनेर गहिरो अध्ययन, अनुशन्धानका साथै प्रारम्भिक सैन्य ज्ञानको अभ्यास समेत अनुशासित तबरबाट सिक्दै थिए । ठिक यहि वस्तुगत र आत्मगत परिस्थितिका बिचबाट माओवादी पार्टीले ०५२ साल फागुन ०१ गते पारेर सामन्त दलाल नोकरशाही पुँजीपतिवर्गको राज्यलाई ठाडो चुनौती दिदै महान् जनयुद्धको घोषणा ग¥यो ।
प्रतिक्रियावादी वर्गको राज्यसत्ताले के वृद्ध, के युवा, के बालक कसैलाई पनि नछुट्याई गोली हान्न उद्धत ग¥यो । यसै क्रममा गोरखाका एक बालक विद्यार्थी दिल बहादुर रम्तेल जनयुद्धका प्रथम शहीद भए । शहीद, वेपत्ता र घाईतेको श्रृङ्खला बढ्दै जाने क्रममा पार्टीको नीति निर्माणको तहमा रहेर जिम्मेवारी निर्वाह गर्दै रहेका सुरेश वाग्ले (क. वासु), रित बहादुर खड्का (क. प्रताप), शेर मान कुँवर ( क. विशाल), मोहनचन्द्र गौतम (क.कुमार), किम बहादुर थापा (क.सुनिल), नेपबहादुर केसी (क.परिवर्तन), यान प्रसाद गौतम (क. आलोक) लगायत दशौं हजारभन्दा बढी शहीद तथा दण्डपाणी न्यौपाने (क. दिपेन्द्र) लगायत हजारौं योद्धा राज्यद्वारा बेपत्ता बनाइनु भयो । हजारौं हजार योद्धाहरु घाइते बन्न पुगे भने हजारौं हजारलाई गिरफ्तार पश्चात् चरम यातनाको सिकार बनाइयो । तर पनि क्रान्ति कमजोर होइन, बरु सामन्ती सत्ताका स्थानीय निकाय नाकाम बनाएर जनसत्ता निर्माण भए । त्यसको रुक्षाका लागि सात डिभिजन जनमुक्ति सेना निर्माण भए भने दुश्मनका आधुनिक हतियार खोसेर जनमुक्ति सेना आफैमा सशस्त्र भए । गाउँको ८० प्रतिशत भूभाग आधार इलाकामा परिणत भए । जसले गर्दा घरेलु सामन्तवाद मात्र होइन त्यसलाई भरथेग गर्ने साम्राज्यवाद तथा विस्तारवाद समेत माओवादीको एउटा वक्तव्यमा हल्लिन थालिसकेको थियो ।
यि सबै प्रकारका स्थिति र अवस्था निर्माण गर्ने काम मालेमावादको वैचारिक हतियारको जगमा नेतृत्वको इच्छाशक्ति र युवाहरुको ठूलो हिस्साको क्रान्तिप्रति सममर्पण तथा बलिदानी भावको उत्कर्षताको परिणाम थियो । त्यसको लागि आधारभूमि तयार पार्ने काम युगौंदेखि राज्यद्वारा शोषण, दमन र उत्पीडनमा पारिएका वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनताको ठूलो हिस्साको थियो । सर्वहारा वर्गको त्यो तागत, युवाहरुको त्यो त्याग, वीरता र बलिदानबाट प्राप्त अधिकारलाई समाप्त बनाउन सामान्यत साम्राज्यवाद, विस्तारवाद र सामन्तवादको डिजाईन मुख्यतः क्रान्तिको मुख्य भूमिकामा रहेको प्रचण्ड, बाबुराम भट्टराई र रामबहादुर थापा (वादल) जस्ताको वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणका कारण ०६३ सालमा आएर जनयुद्ध स्थगन हुन पुग्यो । यसको गहिरो विचार विमर्शको आवश्यकता छ ।
(ख) माक्र्सवाद–लेनिनवाद–माओवाद आफैमा एउटा विज्ञान हो । त्यसैले कुनै गद्दारहरुले गद्दारी गर्दैमा, भ्रम पार्दैमा न त जनआन्दोलन समाप्त हुन्छ, न त क्रान्ति समाप्त हुन्छ । बरु वैचारिक बहसले नेता, कार्यकर्ता र स्वयम् उत्पीडनमा परेको वर्ग वा अन्य समुदायलाई नयाँ तबरबाट सोच्न मात्र होइन मालेमावादको विज्ञानलाई थप विकसित गर्न आफ्ना वैचारिक क्षमताको विकास गर्न उद्धत बनाएको छ । त्याग, वीरता, वलिदान र त्यसबाट प्राप्त अधिकारको समाप्ती, वर्ग दुश्मनप्रति प्रचण्डको आत्मसमर्पण र गद्दारीको विरुद्ध आलेमावादको वैचारिक हतियारलाई दरोसँग पकडदै सर्वहारा वर्गप्रति प्रतिवद्ध रहँदै साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र दलाल नोकरशाही पुँजीवादलाई परास्त गर्न सशस्त्र जनविद्रोहको माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य सहित पूर्नगठन गरिएको नेकपा–माओवादी हाल नेकपा (क्रान्तिकारी माओवादी) प्रति नै सर्वहारा वर्गले आफ्नो भरोसा ठानेका छन् ।
मालेमावादका आधारभूत सिद्धान्तलाई दरोसँग पकड्ने मात्र होइन, त्यसलाई प्रयोग गरेर विकास गर्ने लक्ष्यका साथ मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको पार्टीमा आम क्रान्तिकारी युवा गोलवन्द हुनुको विकल्प छैन । प्रतिक्रियावादी वर्ग, प्रतिक्रियावादमा पतन हुँदै गएको दक्षिणपन्थी संशोधनवादले छर्ने भ्रमबाट मुक्त बनाउँदै क्रान्तिकारी युवाहरुले आफ्नो वर्गको मुक्तिका खातिर, राष्ट्रिय स्वाधिनताका खातिर एक पटक त्याग गर्ने बेला आएको छ । सर्वहारा वर्गको वद्नाम गर्न साम्राज्यवाद, विस्तारवाद र दलाल नोकरशाही पुँजीवादका दलालहरुले कथित कम्युनिस्टको खास्टो ओडेर ठूला–ठूला राष्ट्रघात, जनघातका कामहरु गरीरहेका छन् । देशका उद्योग, कलकारखाना बन्द गराउने, कौडीको भाउमा व्यक्तिलाई बेच्न र श्रम गरी खाने श्रमिकहरुलाई समेत बेरोजगार बनाएर विदेशमा गएर आफ्नो श्रम बेच्न बाध्य पारिराखेका छन् । यतिबेला अशिक्षित युवा–युवती मात्र होइन, शिक्षित युवा–युवतीहरु समेत विदेश पलायन हुन वाध्य छन् । युरोप, अमेरिका, एशिया, अफ्रिकादेखि भारत हुँदै अरबका खाडीका मुलुकमा गएर श्रम बेच्न बाध्य नेपाली युवा–युवतीहरुको संख्या एक करोड भन्दाबढी पुगेको छ । जोखिम काम गर्दा दैनिक दश जनाको जीवन समाप्त हुने र एयरपोर्टमा लास आउने गरेको छ । त्यति मात्र होइन नेपाली युवतीहरु विदेशमा गएर बलात्कृत भएर आत्महत्या वा हत्या हुने घटनाहरु समेत दैनिक बढिरहेको छ । देशको यो डरलाग्दो चित्रको वर्णन जति गरे पनि कम हुन्छ । यस्तो अवस्थामा आफ्नो भविष्यका निमित्त, आफ्ना सन्ततीका भविष्यका निमित्त, समग्रमा राष्ट्रकै भविष्य निमित्त देशभक्त, परिवर्तन तथा समान्तका पक्षधर युवाहरुले सोच्ने र पाईला चाल्ने समय आएको छ ।
५. आगामी दिनमा गर्नुपर्ने काम
(क) लामो समयसम्म सामन्तवादी राज्य सत्ताले पारेको प्रभाव, सामन्तवादी उत्पादन प्रणाली र सामन्ती सामाजिक संरचनाको प्रभावले नेपाली युवाहरुमा त्यहि सामन्तवादी मनोविज्ञानको प्रभाव रहँदै आएको थियो । उत्पीडन र विरतण प्रणालीमा अझै पनि सामन्ती संस्कार कायमै रहेको छ । सामन्यतया युवा मनोविज्ञान पनि सामन्तवादी संस्कारबाट पूर्णरुपमा मुक्त हुन सकेको छैन । त्यसैले आगामी दिनमा त्यसको विरुद्ध संघर्ष चलाउन पर्ने आवश्यकता रहेको छ । साथै साम्राज्यवाद, विस्तारवादको हस्तक्षेपले तयार पारेको दलाल चरित्र र मानसिकताका विरुद्धको संघर्षलाई झनै तीव्रताका साथ अगाडि बढाउन पर्ने दायित्व यतिबेला नेपाली युवाहरुको काँधमा आएको छ ।
(ख) मोबाइल, कम्युटरको प्रयोग लगायत प्रविधिको क्षेत्रमा विगतको भन्दा स्वभावैले अधिकतम विकास भएको छ । कैयौं युवाहरुले आर्थिक रुपमा कमजोर भएर पनि भएको सबै सिध्याएर आफ्नो प्राविधिक क्षमताको विकास गरेका पनि छन् । तर त्यो दक्ष जनशक्तिको न त राज्यले कदर गर्छ न त उ आफैले आफ्नो प्रतिभाको प्रयोग गर्ने कुनै स्थान नै छ । जसले गर्दा एकातिर दक्ष युवा जनशक्ति बाध्य भएर विदेश पलयान भैरहेका छन् । प्रविधिको विकास भएको भनिएता पनि केवल साम्राज्यवाद, पँुजीवाद र विस्तारवादको नीति अंगालेका देशहरुको उत्पादन गरेको प्रविधिहरु प्रयोग गर्ने अवस्थामा मात्र सिमित छ । यसरी हेर्दा राष्ट्रिय अर्थतन्त्र भन्ने कुरा प्रायः जस्तै भएको छ । जुन विषयमा युवाहरुको भावी सन्ततीका बारेमा सोच र केही गर्न पर्ने आवश्यकता भएको छ ।
दक्ष जनशक्ति मात्र होइन देशको करिब झण्डै जनसंख्याको आधा जनशक्ति त्यसमा पनि युवाहरु विदेशी भूमिमा गएर बल र तागत छँदासम्म आफ्नो रगत, पसिना बिक्रि गर्न बाध्य छन् । त्यो पनि सस्तोमा नेपाल त यतिबेला विदेशी भूमिमा गएर पसिना बगाउँदा बगाउँदै दैनिक एक दर्जनभन्दा बढीले आफ्नो ज्यान गुमाएर लास आइपुग्ने र जलाउने ठाउँ भएको छ । अर्कोतिर युवा अवस्थामा विदेशमा पसिना बगाउँदा बगाउँदै घाइते वा अन्य घातक प्रकारको रोग लागेर फिर्ता हुने र उपचारका क्रममा हस्पिटलको बेडमा छट्पटाउनु पर्ने अवस्था बनेको छ । यो तीतो तर सत्य यथार्थप्रति देशका सचेत युवाहरुले सोच्न र अब केही गर्न आवश्यक छ ।
ग) देशका यिनै तमाम समस्याको समाधानको वैचारिक आधार भनेको माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत मूल्य–मान्यताप्रति युवाहरुलाई प्रशिक्षित गर्नु हो । मालेमावादको वैचारिक जगमा उभिएको क्रान्तिकारी संगठन निर्माणमा जोड दिनु हो । विगतदेखि वर्तमानसम्म भएका युवा आन्दोलनहरुमा भएका धोखाधडी र गद्दारीबाट पाठ सिक्दै फेरि पनि हुन सक्ने धोखाधडी र गद्दारीका विरुद्ध समयमा नै चनाखो भएर संघर्ष गर्नु हो । दलालहरुको राज्यसत्ता होस् या अन्य कुनै पनि तवरबाट आउने भ्रमहरुका विरुद्ध तीखो संघर्ष गर्दै युवाहरुलाई क्रान्तिकारी दिशामा गोलवन्द गर्नु हो ।
नेपाली युवाहरुको मुख्यतः क्रान्तिकारी युवाहरुले समाज परिवर्तन निमित्त, समाजमा भएका शोषण, दमन, उत्पीडन र असमानताका विरुद्ध आफ्नो जीवनको बाजी लगाएर संघर्षको इतिहास हाम्रा सामु छ । त्यति मात्र होइन दुश्मनका अगाडि घँुडा टेक्ने गद्दारहरुका विरुद्ध समेत निर्ममतापूर्वक संघर्ष गर्दै क्रान्तिको झण्डा उठाउँदै आएको इतिहास पनि छ । त्यसैले यतिबेला सबै प्रकारका अवसरवादको भण्डाफोर संघर्ष गर्दै आएको एक मात्र क्रान्तिकारी पार्टी नेकपा (क्रान्तिकारी माओवादी) को जुझारु युवा संगठन क्रान्तिकारी युवा लिगको वरिपरि सबै युवाहरुलाई गोलबन्द गर्दै नयाँ जनवादी सत्ता प्राप्त गर्न सशक्त संघर्षको तयारीमा जुटौं । यही नै आजका युवाहरुको मुख्य दायित्व हो ।