काठमाडौं । चितवनको रामनगरमा निर्माणहुँदै गरेको बुटवल सभाहलका लागि थप जमिन आवश्यक भएको जनाइएको छ । यो सभाहलसँगै प्रदर्शनी केन्द्र जोडेर बनाइने भएकाले थप जमिन आवश्यक हुन गएको हो । सो जमिन प्राप्तिका लागि ५ सय २५ वटा सालका पुख्यौंली रुखहरु फडाँनी गर्नुपर्ने भएको छ । यसो नगर्नका लागि स्थानीय जनताले कडा रुपमा आवाज उठाइरहेका छन् । तर सरकार भने आफ्नो निर्णयमा टसमस देखिएको छैन ।
वातावरण प्रभाव मूल्याङकन समितिले सभाहल तथा प्रदर्शनी केन्द्र निर्माणका लागि प्रस्तावित रुखहरु काट्नु पर्ने देखाएको छ । बुटवल सभाहलका लागि यसअघि नै १ सय ३६ वटा सालका रूखहरु कटान भैसकेका छन् । स्थानीयका अनुसार ती रुखहरुका दारपातहरुको लेखाजोखा र मूल्यका बारेमा स्थानीयहरुलाई केही पनि जानकारी समेत् गराइएको छैन ।
हालको बुटवलमण्डपको पश्चिमतिर रहेको ६ बिगाह जमिनमा प्रदर्शनी केन्द्र निर्माण हुँदै गरेको बताइएको छ । बुटवलमण्डपको पश्चिमतिर सिमल, साल, टिक, साजलगायत एक नम्बरका दार निस्कने प्रजातिका पुर्ख्यौली रूखहरु रहेका छन् ।
उक्त जंगल फँडानी गरिएपछि त्यहाँ ५ सय २५ रूखको सट्टा १३ हजार १ सय २५ वटा बिरूवा रोपिने भनिएको छ । तर ती कहाँ रोपिने छन् तिनको ठेगानसम्म पनि गरिएको छैन । भनिएका ती रुखहरु रोप्नका लागि जमिन पनि छैन । यो ओली सरकारको जनता मूर्ख बनाउने चाला मात्र भएको स्थानीय सचेत जनताले बताउन थालेका छन् ।