जनकपुर–जयनगर ब्रोडगेज रेलबारे ओली सरकार अनभिज्ञ

प्रकाशित मिति : २०७५ आश्विन २०

काठमाडौं । नेपाल–भारत सहयोगमा निर्मित जनकपुर–जयनगर रेलवेको ब्रोडगेज लाइन तयार भइसकेको जनाइएको छ । लिग बिछ्याउने काम पूरा भएपछि त्यहाँका स्थानीय जनतामा खुशीले छाएको छ । पहिलेको न्यारोगेज लाइनमा घण्टौं ढिलो यात्रा हुने गरेकोमा हाल सुधार भई बनेको ब्रोडगेजमा एक घण्टाभित्रै यो यात्रा पूरा गर्न सकिने भएको छ ।

यही अक्टोबर महिनाभित्र केही बाँकी रहेका कामहरु पनि सबै सिद्धिने भारतीय पक्षले जानकारी दिएको छ । तर नेपाल सरकारको तर्फबाट रेलका लागि बोगी र इञ्जिनको व्यवस्था गरिने भनी संझौता भएकाले रेल चल्नेमा जनता ढुक्क देखिदैनन । लिग निर्माणको काम सकिइसक्दा पनि नेपाल सरकार आफ्नो तर्फबाट गरिने काम र दायित्वका लागि तयार भएको देखिदैन ।

पानी जहाज र रेलभन्दा तलका कुरा नगर्ने ओली सरकार हाल बनिरहेको रेलका बारमा भने एक शब्द पनि बोलेको पाइएको छैन । दायित्व सिर्जना हुने काममा पछि रहने र हल्ला गर्ने काममा अघि सर्ने यो ओली सरकार जनकपुर–जयनगर रेलको बोगी र इञ्जिनका बारेमा चुँ गरेर श्वाससम्म पनि निकालेको छैन ।

यस कुरालाई लिएर स्थानीय जनता ओली सरकारसँग निकै रुष्ट र टाढा हुँदै गइरहेका छन् ।