काठमाडौं । अहिलेको दसैंमा देशको संघीय सरकार यसका प्रधानमन्त्री केपी ओली चिनी घोटालामा मुछिन पुगेका छन् । प्रधानमन्त्री ओली आफै उपस्थित भएर चिनी उद्योगी र कालाबजारियासँगको सहमतिअनुसार चिनी प्रतिवन्ध लगाए । उनका अनुसार ती उद्योगी तथा कालाबजारियाहरुले नेपाललाई एक वर्षसम्म पुग्ने चिनी नेपालमा नै भएको र भारतबाट निकासी गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका थिए । तर हाल बजारमा चिनीको निकै अभाव छ र काला बजारियाहरुले प्रतिकिलो चिनीमा पैतीस रुपैयासम्म बढीमा बेच्ने गरेका छन् ।
दसैं आउन अब थोरै केही दिन मात्र बाँकी छ । बजारमा चिनीको अभावका कारण चिनीको मूल्य पसलैपिच्छे फरक फरक छ । संघीय सरकारले काठमाडौंमा प्रतिकेजी सत्तरी रुपैयामा मूल्य तोकेको चिनी दूरदराजका गाउँहरुमा पुग्दा पन्चानब्बे रुपैयाँसम्म पर्ने गरेको छ । कर्णाली प्रदेशका केही हिमाली जिल्लाहरुमा त त्यही महङ्गो चिनी पनि पुगेको छैन ।
दसैंका दिनसम्म त चिनी पनि नपाइने भन्दै पसलेहरुले निकै हल्ला फिंजाइरहेका बेला सरकार भने जनतालाई केही पनि सूचना पनि नदिएर गुमराहमा राखिरहेको छ । सामान्य अनुमानका आधारमा पनि प्रम केपी र उनका संयन्त्रमा चिनीको १ अर्ब ३९ करोड नजराना पुगिसकेको बताइएको छ ।
मन्त्रीमण्डलको वैठकमा प्रधानमन्त्री ओली आफैले नेपालका चिनी कालाबजारिया, दलाल तथा व्यापारीहरुसँग मिलेर पर्वका असवसरमा भारतबाट आउने चिनी बन्द गर्न लगाएका थिए ।