काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौं र क्रान्तिकारी युवा लिग, नेपाल काठमाडौंको संयुक्त आयोजनामा असोज २३ गते ‘कालो मार्चपास’ गरिने भएको छ । कालापानीविनाको नक्सा प्रयोग, हत्या–बलात्कार, महंगी, कालोबजारी, भ्रष्टाचार तथा राष्ट्रघाती नागरिकता विधेयकका विरुद्ध कालो मार्चपासको प्रदर्शन गर्न लागिएको हो ।

हार्दिक शुभकामना !

असोज ३ गते दिनको १२ बजे काठमाडौंको रत्नपार्कबाट सुरु गरिने कालो मार्चपासमा व्यापक सहभागिताका लागि आयोजक संगठनहरुले व्यापक तयारी गरिएको बुझिएको छ । वर्तमान ओली सरकारले गरेका जनघाती र राष्ट्रघाती कर्तुतहरुको विरोध तथा भण्डाफोरको लागि आयोजना गर्न लागिएको कालो मार्चपासमा पार्टी तथा मोर्चाका बरिष्ठ नेताहरुको समेत सहभागिता हुने आयोजक संगठनले जनाएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षधर आम जनसमुदाय तथा युवा वर्गलाई समेत कालो मार्चपासमा सहभागिताका लागि आव्हान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर