झर्रोटर्रो : हे बरै…हे बरै….

झर्रोटर्रो : हे बरै…हे बरै….

हे बरै … हे बरै …२
माक्र्सले सोध्लान् नि, खै पुँजि भन्लान् – २
बेची खाए रे भन्दिए – २

एङ्गेल्सले सोध्लान् नि खै दर्शन भन्लान् – २
पतनै गरे रे भन्दिए – २

लेनिनले सोध्लान् नि, खै क्रान्ति भन्लान् – २
भ्रान्ति भयो रे भन्दिए – २

स्टालिन् सोध्लान् खै, राष्ट्रियता भन्लान् – २
कुर्चीमा साटे रे भन्दिए – २

माओले सोध्लान् नि, खै विचार भन्लान् – २
कुविचार भयो रे भन्दिए – २

चे ग्वेले सोध्लान् नि, खै सेना भन्लान् – २
विघटन् गर्दिए भन्दिए – २

गोञ्जालाले सोध्लान् नि, खै युद्ध भन्लान् – २
आत्मसमर्पण ग¥यो नि भन्दिए – २

होचि मिन् सोध्लान् नि, खै सुरुङ भन्लान् – २
दक्षिणले भाट्यो रे भन्दिए – २

पुष्पलाल सोध्लान् नि, खै जनवाद भन्लान् – २
धनवादमा बद्ल्यो रे भन्दिए – २

सहिदले सोध्लान् नि, खै वलिदान भन्लान् – २
सूर्यले निल्यो रे भन्दिए – २

जनताले सोध्लान् नि, खै सत्ता भन्लान् – २
मयाँ मार रे भन्दिए – २

भाइचाराले सोध्लान् नि, खै पार्टी भन्लान् – २
पोइला गयो रे भन्दिए – २

सँगैका साथी नि फुटी गए,
मेरो त ऐले क्यै नाम छैन ।
गुरु त मेरा एस.डि. भए,
वैद्यको मलाई क्यै काम छैन ।
सत्ता र धनैले वुद्धि नै खायो,
अब त त्यस्को नि काम छैन ।

हे बरै… हे बरै…

नेता त रुन्छन् नि चुनाउका दिन
जनता त जुनी नै भरी लौ हजुर ।
१३ असोज २०७५