हार्दिक शुभकामना !

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले घुमाउरो रुपमा आफू रसियाको हस्तक्षेपका करण निर्वाचित भएको स्वीकार गरेका छन् । संयुक्त राष्ट्र संघको महासभापछिको सुरक्षा बैठकका क्रममा आगामी नोभम्बरमा अमेरिकामा हुन रहेका चुनावहरुमा चिनियाँ चासो रहेको भन्दै उनले उक्त कुरा स्वीकार गरेका हुन् । उनका अनुसार नोभेम्बरका हुने अमेरिकी चुनावहरु चीनको चासोका कारण प्रभावित हुनजाने छन् ।

ट्रम्पका अनुसार अमेरिकी चुनाव स्वतन्त्र नभई बाह्य हस्लतक्षेपका कारण निकै तरल र अनिश्चित हुने गरेको छ । उनको भनाइले अमेरिकामा आप्रवासीहरुको मत निर्णायक रहेको प्रष्ट बुझिन्छ । त्यसमा पनि चिनियाँ मत निकै प्रभावी रहेको हुनसक्ने अनुमान लगाउन कुनै गाह्रो पर्ने छैन ।

नोभेम्बर चुनावमा चीनको हस्तक्षेप हुने ट्रम्पको ठोकुवालाई चीनले कडा शब्दमा खण्डन गरेको छ । चीनले भनेको छ– ‘अरुदेशका आन्तरिक मामलामा चीनको हस्तक्षेप गर्ने नीति नै छैन, चीनले अरु देशहरुको सार्वभौमसत्ताको सम्मान गर्दछ ।’ ट्रम्पले नोभेम्बरको चुनावमा आफू वा आफ्नो दलले जितोस् भन्ने इच्छा पनि नरहेको व्यक्त गरेका थिए । यसको पछाडी ट्रम्पको अलोकप्रियताका कारण रिपब्लिकनले हार्ने निश्चित जस्तो देखिन्छ ।

अर्कातिर अमेरिकाले चीनलाई रुस, इरान र उत्तरकोरियासरह नाकाबन्दीको वर्गीकरणमा राखेको पनि देखिन आएको छ । ट्रम्पका अनुसार चीनले अमेरिकामा रहेका किसानहरुलाई उनका विरुद्ध भड्काउन सक्ने संकेत पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार