‘मी टु’ अर्थात् ‘म पनि’ : एक प्रभावकारी अमेरिकी महिला आन्दोलन

प्रकाशित मिति : २०७५ आश्विन १०

काठमाडौं । अमेरिकी महिला आन्दोलन ‘मी टु’ ले अमेरिकाभित्र महिलामाथि भइरहेको यौनहिंसाको पर्दाभित्रका दृश्यहरुलाई सतहमा ल्याइदिएको छ । यसले देखाएको छ कि आफ्ना हैसियत बनाएर बसेका अमेरिकी महिला पनि कसरी यौनहिंसाकोे सिकार हुने गरेका छन् ?
आजका दिनसम्म मक्डोनाल्ड सहरका मजदुरहरुले महिला यौन हिंसाका विरुद्धमा लामो लामो बाटो हिंडेर सडक प्रदर्शनहरु गरिरहहेका छन् ।

हजारौं मजदुरहरुले यसमा साथ दिइरहेका छन् । यति सम्म कि प्रदर्शन गर्दै उनीहरु शानफ्रान्सिस्कोबाट एकसय माइल टाढासम्म पनि पुगे । अमेरिकामा यो अभियान र प्रदर्शन अपूर्व रहेको बताइएको छ । महिलाको आफ्नो बचाउका लागि रक्षात्मक कलाका प्रयोगहरु पनि सिकाइएका छन् । यसपछि नै हाल क्यालिफोर्नियाकी एक प्रोफेसर महिलाले हाल अमेरिकाको सर्वोच्च अदालतका लागि मनोनयन गरिएका ब्रेट क्याभानोले आफूलाई स्कूले जीवनमा यौन हिंसा गरको खुलस्त गरेकी थिइन् ।

हिंसाका प्रकृतिलाई हेर्दा नेपालमा महिला हिंसा सामन्ती तथा पशुवत रुपमा हुने गरेको पाइन्छ । यहाँ बाहुबलको प्रयोग, भौतिक आक्रमण, धम्की तथा हत्यासम्म भएको पाइएको छ । भारतमा अत्यधिक प्रयोग हुने एसिड आक्रमणले नेपालमा पनि विस्तार पाएको छ । निर्मला पन्तको बलात्कार र हत्या अनि सम्झनादासको एसिड आक्रणका कारण भएको निधन यसका पछिल्लो चरणका प्रतिनिधिमूलक महिला हिंसाका जघन्य अपराधहरु हुन् ।

तर अमेरिकामा भने बलात्कार तथा महिलामाथि हुने यौनहिंसाका घटना फरक प्रकृतिका रहने गरेका छन् । त्यहाँ जागीर दिने प्रलोभनमा, जागीर दिएको भरमा, प्रतिष्ठित भनिने व्यक्तिहरुको रात्री भोजमा, मोटो रकमको अफर गरेर, सेलिब्रेटीको नाममा योनहिंसा हुने गरेका छन् । प्रकृतिका हिसाबले यी नेपाल भारतका भन्दा कम हिंस्रक र पशुवत् हुने गरेका छन् । बलात्कार गरी ज्यानै लिइहाल्ने, बालिका बलात्कार आदि जस्ता घटना कम हुने गर्दछन् । तर बालयौन दुराचारमा भने कुनै कमी आएको छैन । इसाई पादरीहरुद्वारा धर्मका नाम र ढोंगमा बाल यौन दुराचार गरिरहेका छन् । यसले जनसाधरणमा यो खाले दुराचार छैन भन्न सकिदै सकिदैन ।

अमेरिकामा भएको ‘मी टु’ महिला आन्दोलनले ठूला र प्रतिस्ठित भनिनेहरुलाईसम्म कारबाहीका दायरामा ल्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यो आन्दोलनको कारण महिला यौनहिंसाका पीडकका रुपमा लाञ्छित छन् । उनका सहयोगी र उनले नियुक्त गरेका मानिसहरु सबै यौनहिंसामा मुछिएका पाइएका छन् ।