चीन–अमेरिका सैन्य रगंमञ्चतिर सोझिदै

चीन–अमेरिका सैन्य रगंमञ्चतिर सोझिदै

काठमाडौँ । अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । चिनियाँ सेनाले मस्कोबाट अत्याधुनिक हातहतियारहरु किन्ने भनी निर्णय गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । अमेरिकाको यो घोषणापछि चीन–अमेरिकाको व्यापार युद्ध अब व्यापारिक सीमारेखा नाघेर सैन्य रंगमञ्चमा प्रवेश गरेको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्क्षेप गरेको भनी व्यापक रुपमा कुरा उठेर छानबिनको प्रक्रियामा प्रवेश गरेपछि ट्रम्पले रुसमाथि कडा व्यवहार अपनाउँदै आएका थिए । उनले रुसमाथि एक्लै प्रतिबन्धको घोषणा पनि गरेका छन् । यसमा अमेरिकाको साझेदार भनिएको युरोपीय युनियनको समर्थन पनि छैन ।

रुसमाथि प्रतिबन्ध घोषणामा ट्रम्पका कतिपय बाध्यताहरु पनि छन् । किनभने उनलाई पुटिनले जिताएको भनी अमेरिकामा जनस्तरमा नै व्यापक आलोचना भइरहेको छ । यो आलोचनाबाट जोगिन पनि ट्रम्पले यो बाहना नझिकी पनि हुँदैन । यही सन्दर्भमा हालै आएर चिनियाँ जनमुक्ति सेनाले रुसबाट शोयुज फाइटर तथा बम्बर विमान किन्ने निर्णय गरेको छ । यसका साथै एस्–४०० मिसाइल पनि किन्ने निर्णय लिएको छ । शोयुज फाइटर तथा एस्–४०० मिसाइल अन्तर महादेशीय निशाना मार लगाउन सक्ने शक्ति भएका अस्त्र मानिन्छन् ।

हाल प्रस्ट रुपमा दुई र पर्दाभित्र बहुध्रुवीय रहेको विश्वमा अमेरिकाको वर्चश्व घट्दै गएको छ । यसले निर्माण गरेको सैन्य शक्ति नेटो पनि काम लाग्ने अवस्थामा छैन । त्यसैले ट्रम्प आफ्नो शक्ति देखाउन ‘स्टार वार’ वा ‘स्पेस वार’का कुरा गरिरहेका हुन सक्छन् ।

अमेरिका विश्वमा सबैभन्दा झुठो दाबी गर्ने राष्ट्र पनि हो ।