क्रान्तिकारी माओवादीका पिविएम सुवेदीलाई मातृशोक, पार्टीले जारी ग¥यो श्रद्धाञ्जली वक्तव्य

क्रान्तिकारी माओवादीका पिविएम सुवेदीलाई मातृशोक, पार्टीले जारी ग¥यो श्रद्धाञ्जली वक्तव्य

चितवन । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य चन्द्रहरि सुवेदीलाई मातृशोक परेको छ । नेता सुवेदीकी आमा विद्यादेवी सुवेदीको ८२ वर्षको उमेरमा शुक्रबार साँझ निधन हुन पुगेको छ । उहाँको चितवनको जिल्ला अस्पतालमा उपचारको क्रममा साँझा ६ ः ४३ मिनटमा निधन हुन पुगेको पारिवारिक स्रोतले जनाएको छ ।

चिवन भरतपुर निवासी विद्यादेवी सुवेदीका तीन छोरा तीन बुहारी, दुई छोरी दुई ज्वाइँ, ७ नाती, ३ नातिनी, ५ पनाती, १ पनातिनी छन् । उहाँ क्रान्तिकारी माओवादीको समर्थक तथा शुभचिन्तक हुनुहुन्थ्यो ।

यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी)ले एक श्रद्धाञ्जली वक्तव्य जारी गरी दिवंगत विद्यादेवी भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’द्वारा शनिबार जारी गरिएको वक्तव्यमा पार्टी समर्थक तथा शुभचिन्तक विद्यादेवी सुवेदीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको निधनबाट शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदन प्रकट गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘२०७५ असोज ५ गते बेलुकी ६ ः ४३ मा चिवन भरतपुर निवासी विद्यादेवी सुवेदीको ८२ बर्षको उमेरमा निधन भयो । उहाँको वि.सं. १९९३ मा भएको थियो । उहाँ हाम्रो पार्टी पिविएम क.चन्द्रहरि सुवेदीकी आमा हुनुहुन्थ्यो । उहाँका तीन छोरा तीन बुहारी, दुई छोरी दुई ज्वाइँ, ७ नाती, ३ नातिनी, ५ पनाती, १ पनातिनी छन् । उहाँ हाम्रो पार्टीको समर्थक तथा शुभचिन्तक हुनुहुन्थ्यो । उहाँको निधन भएकोमा हामी निकै दुखित् छौं । पार्टी समर्थक तथा शुभचिन्तक विद्यादेवी सुवेदीको निधन भएको यस दुखद् खडीमा हाम्रो उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, पार्टी उहाँको यस दुखद् निधनबाट शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।’