काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ, अखिल नेपाल जनसाँस्कृतिक महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने गरी ल्याइएको मुलुकी संहिताको विरोधमा विरोध प्रदर्शन गर्ने भएका छन् । ओली नेतृत्वको सरकारले भदौं १, २०७५ देखि कार्यान्वयनमा ल्याएको मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ मा भएका राज्यविरुद्धको कसुर सम्बन्धी केही व्यवस्थाहरु, सार्वजनिक शान्ति विरुद्धको कसुर सम्बन्धी, गाली बेइज्जती र गोपनीयता सम्बन्धी केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आँच पु¥याउने देखिएकोले मुलुकी संहिताबाट त्यस्ता प्रावधानहरु खारेजीको माग गर्दै उल्लेखित संगठनहरुले असोज ३ गते बुधबार विरोध प्रदर्शन गर्ने भएका हुन् ।

हार्दिक शुभकामना !

उल्लेखित चारवटै संगठनका प्रमुखहरुको अनामनगर घट्टेकुलो स्थित कृष्णसेन इच्छुक स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको बैठकले मुलुकी संहिताका विरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकमा अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारी, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपालका अध्यक्ष हुकुमबहादुर सिंह, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, बरिष्ठ पत्रकार कुमार शाह, लेखक तथा साहित्यकार हिरामणि दुखीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

काठमाडौंको माइतीघर मण्डलामा मुख र हातमा कालो पट्टी बाँधेर विरोध प्रर्दशन गर्ने निर्णय गरेको उक्त बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबै पत्रकार, जनसाँस्कृतिककर्मी, प्राध्यापक तथा बुद्धिजीवीलगायतलाई विरोध प्रदर्शनमा सहभागिताका लागि आव्हान समेत गरेको क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष राउतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर