काठमाडौं । अमेरिकी रक्षा सचिव जेम्स मेट्रिस अमेरिकी विदेश सचिव माइक पोम्पेओ, भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय रक्षा मन्त्री निर्मला सिथारमनको भेटवार्तासँगै दिल्लीमा दुई देशबीच सैन्य सहकार्यका लागि कोम्कासा संझौतामा हस्ताक्षर भएको छ । लामो गृहकार्यपछि, भारतका लागि अनपेक्षित तर अमेरिकाका लागि निरन्तर अभ्यास र क्रमभंगका रुपमा यो संझौता हुन गएको हो ।

हार्दिक शुभकामना !

अमेरिकासँग संसारभर सैन्य सहकार्य गरेकामा मध्येका थोरै देशमा भारत पनि यो संझौतापछि आबद्ध हुन गएको छ । सैन्य सहकार्य गर्नेहरुमा भारत लगभग तीसौं स्थानमा रहन पुगेको छ । सिथारमनका अनुसार यो सम्झौताले एक अभूतपूर्व उचाइमा अमेरिका–भारत सम्बन्धलाई उठाएको छ । यो सम्झौता दक्षिण एशियामा र संसारमै पनि अद्वितीय रहेको भनी मेट्रिसले बताएका छन् ।

अमेरिकाले लामो समयदेखि भारतलाई सञ्चार, मैत्रित्व र सुरक्षा सहमति (कोम्कासा) गर्न र अमेरिकी उच्च प्रविधियुक्त अस्त्रहरु भारतीय बजारमा ल्याउन बारम्बार प्रेरित गर्दै आएको थियो । यसमा भारतीय प्रविधि क्षेत्रमा अमेरिकी सशस्त्र ड्रोनहरु पनि किनेर ल्याउन सकिने बताइएको छ । भारतले आफ्नो सीमा नजिक रहेको हिन्द महासागरमा चिनियाँ गतिविधिमाथि प्रहार गर्न यी र यस्ताखाले अस्त्रहरु अमेरिकाबाट लामो समयदेखि ल्याउन चाहिरहेको थियो । र, अमेरिकाका अनुसार यो कुरा अमेरिकासमक्ष प्रस्ताव पनि गरिएको थियो ।

यो प्रस्ताव अमेरिकाले चाँडै नै लागु गर्न चाहेको, तर भारतले यसै चाहनासँग जोडेर पठाएको र यसैसँग सम्बन्धित एक थप प्रस्तावले अमेरिकालाई अहिलेसम्म सोच्ने बनाएको थियो । त्यो हो, निर्मित सामग्रीहरु वा अस्त्रहरु मात्र होइन, केही अमेरिकी प्रविधिहरु पनि भारतमा भित्र्याएर भारत आफैले आवश्यक अस्त्र निर्माण गर्ने कुरा । प्रविधिको यो कुरा भारतले आफै हतियार निर्माण गर्ने सैन्य परियोजनाहरुसँग प्रत्यक्ष जोडिएको छ ।

हाल मात्र नरेन्द्र मोदीको पालामा आएर गरिएको यो सहमतिले मोदीको आफ्नै देशमा बनाऊ भन्ने नीतिलाई थप सहयोग पुर्याएको भारतीय सैन्य विश्लेषकहरुले बताएका छन् । भुटानको दोक्लाममा चिनियाँ सेनाबाट अन्तर्राष्ट्रिय बेइज्जत हुने गरी भारत पछाडि हट्नु परेपछि मोदीको निद नै हराम भएको छ ।

यो सम्झौताअनुसार भारतले अमेरिकासँग जल, थल र वायु गरी तीनवटै सेनाको संयुक्त सैन्य अभ्यासलाई पनि अघि बढाउने छ । छिट्टै नै यो सैन्य अभ्यास हिन्द महासागरमा गरिने आन्तरिक सहमति पनि भएको बुझिन आएको छ । दिल्लीका सुरक्षासम्बन्धि जानकार तथा विश्लेषक गोपालन बालाचन्द्रनका अनुसार अमेरिकासँग गरिएको ‘कोम्कासा सहमति करीब दश वर्षदेखि छलफलमा थियो र अहिले भयो, यो एउटा अभूतपूर्व क्रमभंग हो ।’

एउटा जानिमानी आएको तथ्य त के पनि हो भने अमेरिकाले उसका विराधी देशहरु चीन र पाकिस्तानविरुद्ध भारतलाई उपयोग गरी लडाइँमा होम्न कुटनीतिक रुपमा यो नीति अख्तियार गरेको स्वतः स्पष्ट हुन्छ ।

अर्कोतिर रुस, चीन र मंगोलिया लगायतका देशहरुले रुसको भोस्टोकमा केही दिनभित्रै गर्न थालेको ठूलो सैन्य अभ्यासलाई मनोवैज्ञानिक तथा प्रचारात्मक आघात पुर्याउन पनि ट्रम्पले यो सहमति भारतसँग गरेको हुनसक्ने विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर