दैलेख  .  नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल दैलेखको ठाँटिकाँध गाउँपालिकाका संयोजक अने कठायत र नेकपा (क्रान्तिकारी माओवादी) गाउँपालिका सचिव सितल, मनोज लगायतका नेताहरुले मोर्चाको तर्फबाट गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई ३६ बँुदे ज्ञापन–पत्र बुझाएका छन् ।

उनीहरुले भ्रष्टाचार, विकास निर्माण, सोरोजगार, जडिबुटी, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कर वृद्धि, समाजमा ब्याप्त छुवाछुत, छाउपडी लगायतका विषयमा ध्यानाकर्षण गराउँदै यथाशिघ्र मागहरु पूरा गर्न सचेत पारेका छन् । बुझाइएका ३६ बुँदे मागहरु अवलम्ब पूरा नगरिए कडा संघर्षको घोषणा गरेर अगाडि बढ्ने समेत नेताहरुले चेतावानी दिएका छन् ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर