नवलपरासी, १२ भदौ । पत्रकार रवि पाण्डेलाई कुटपिट तथा दुब्र्यबहार गर्ने घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै पश्चिम नवलपरासीका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारहरुको टोलीेले घटनाका दोषी उपर कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाउनुका साथै सांकेतिक रुपमा कलम कापी समेत बुझाएका छन् ।
पश्चिम नवलपरासीका पत्रकार तथा संचारमाध्यमका तर्फबाट बर्दघाट संचार कल्बका अध्यक्ष नारायण भण्डारीले सो ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई बुझाएका थिए । पत्रकारहरुले सांकेतिक रुपमा विरोध स्वरुप आफ्ना कापी तथा कमल समेत बुझाएका थिए ।
जिल्लाको शान्ति सुरक्षा लगायत बिभिन्न बिषयमा जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारहरुसँगको अन्तक्र्रिया पश्चात् सो ज्ञापनपत्र बुझाइएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख तथा प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्टसहित सुरक्षा प्रमुखहरु समेतको उपस्थितिमै ज्ञापनपत्र दिइएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोतम सुवेदीसहित पश्चिम नवलपरासीका सबैजसो संचारमाध्यामका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।
दिन दहाडै पत्रकारमाथि कुटपिट तथा दुब्र्यबहार हुँदासमेत प्रहरी प्रशासन मुकर्दशक बनेको भन्दै पत्रकारहरुले सुरक्षा माग गरेका थिए ।
बुझाइएको ज्ञापनपत्रमा पत्रकारहरुको सुरक्षाको प्रत्याभुति गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरिएको छ । सो क्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले पत्रकारको सुरक्षाका लागि आफु सँधै संवेदनशील रहेको बताउँदै छिट्टै त्यसको नतिजा आउने प्रतिबद्धता जनाएका थिए ।
नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्य तथा स्थानीयपत्र साप्ताहिकका प्रबन्ध निर्देशक पत्रकार रवि पाण्डेमाथि दोहोरो कर सम्बन्धी समाचारको बिषयलाई लिएर बर्दघाट बजारमै कुटपिट तथा दुब्र्यबहार गरिएको थियो ।
भदौ ६ गते सवा पाँच बजेको उक्त घटनापछि पत्रकार पाण्डेले ईलाका प्रहरी कार्यालय बर्दघाटमा सो दिन उजुरी र ८ गते जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्न भेषराज पुन र बिष्णु भन्ने विश्वबन्धु पोखरेलका नाममा किटानी जाहेरी समेत दिएका थिए ।
घटनाको एक साता र किटानी जाहेरी दिएको ५ दिन हुँदा समेत प्रहरी प्रशासन मुकदर्शक बनेको पत्रकारहरुले बताएका छन् । पत्रकार पाण्डेले बर्दघाट नगरप्रति “ई रिक्सा चालकको गुनासो ः हामी दोहोरो करमा प¥यौ” भन्ने समाचार स्थानीय पत्रमा प्रकाशित भएको थियो ।
सो घटनामाथि बर्दघाटमा रहेका ई रिक्सा चालकहरुले गुण्डागर्दी बन्द गर, दोहोरो कर खारेज गर भन्दै शुक्रवार बिरोध ¥याली समेत निकालेका थिए ।
घटनाको चौतर्फी बिरोध भएपनि घटनामा संलग्नहरु पक्राउ नगरेको भन्दै बिभिन्न क्षेत्रबाट प्रहरी प्रशासनको आलोचना समेत हुँदै आएको छ ।
यसअघि पत्रकार पाण्डे माथिको सो घटनामा संलग्न उपर कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, जिल्ला शाखा नवलपरासी, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समिति तथा जिल्ला शाखा नवलपरासी बर्दघाट संचार कल्ब लगायतले घटनाको घोर निन्दा एंवम् भत्र्सना गरेका थिए ।
उनीहरुले छुट्टा छुट्टै बिज्ञप्ति जारी गर्दै दोषी उपर कानुनी कारवाहीको माग गरेका थिए । त्यस्तै नेपाली काग्रेस बर्दघाट नगर कार्यसमिति र ने.वि संघ नवलपरासीले पनि बिज्ञप्ति मार्फत घटनाको निन्दा गरेको थियो ।