काठमाडौं । रोमन क्याथोलिक चर्चहरुमा भएका श्रृंखलाबद्ध बाल यौनहिंसाहरुको एकपछि अर्काे गरी रहस्यहरु खुल्दै आएपछि धर्म गुरु पोप फ्रान्सिसको राजीनामाको माग गरिएको छ । हालसम्म हुँदै आएका बाल यौनदुराचारका घटनाहरुलाई पोपले नै ढाकछोप गर्दै आएको भन्दै बाल यौनदुराचाप्रति ईशाई धर्म गुरुहरुको शुन्य सहनशीलता रहेको विश्वास ईसाई जनमानसमा देखाएर विश्वास लिनका लागि उनको राजीनामा अनिवार्य भएको बताइएकोे छ ।
पश्चिमा ईशाई समाजमा पछिल्लो चरण यौन दुराचारको बढोत्तरी हुँदै जाँदा गिर्जा घरका पादरीहरुले बाल यौनदुराचारमा सबैभन्दा बढी मुछिन पुगेका छन् । तथ्यांकअनुसार अनुसन्धानमा आएका तीन सयभन्दा बढी पादरीहरुबाट हजारजनाभन्दा बढी निर्दाेष बालबालिकाहरु यौन दुराचारमा परेको बताइएको छ ।
आफूले राजीनामा दिनुपर्ने मागको विरोध गर्दै पोप फ्रान्सिसले आफूले कहिल्यै पनि यौन दुराचारका घटनाहरु ढाकछोप नगरेको र यौन दुराचारमा मुछिएका पादरीहरुको अपराध अक्ष्यम्य रहेको बताउँदै आएका जिकिर गरेका छन् । तर उनले राजीनामाको बारेमा एक शब्द पनि बोलेका छैनन् ।
एकजना कार्डिनल भिगानोले पोप फ्रान्सिसले राजीनामा दिएरै चर्चहरुमा बालयौन दुराचारप्रति शुुन्य सहनशीलता रहेको देखाउनु पर्ने कुरामा जोड दिएका छन् ।